एमालेलाई सरकारमा आउन हतारो, छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
एमालेलाई सरकारमा आउन हतारो, छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री देउवा

सारांश

  • काठमाडौं, १७ माघ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताएका छन् ।
  • बुधबार नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने आफ्नो दायित्व भएको भन्दै निर्वाचन गराउन बनेको सरकारले संविधानतः निर्वाचन गराउँदा रोइकराइ गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताएका छन् ।

बुधबार नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने आफ्नो दायित्व भएको भन्दै निर्वाचन गराउन बनेको सरकारले संविधानतः निर्वाचन गराउँदा रोइकराइ गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

उनले देउवाले निर्वाचन गराएर मुलुकलाई समृद्ध बनाउने दिशामा लैजान सकेकोमा आफू सन्तुष्ट रहेको बताए ।प्रधानमन्त्री देउवाले जनता जति सुसूचित हुन्छन्, त्यति नै मुलुकको विकास हुने भन्दै सन्चारमाध्यमले जनतालाई सुसूचित बनाउन लोकतन्त्रको पक्षमा खेलेको भूमिका अतुलनीय रहेको बताए ।

उनले नेपाल टेलिभिजनलाई अझै विश्वसनीय र जनमैत्री काम गर्न निर्देशन पनि दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?