एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • लामो प्रतिक्षाको विषय बनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियाको टुङ्गो लागेको छ ।
  • प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच पार्टी एकतासम्बन्धी ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं, ७ फागुन । लामो प्रतिक्षाको विषय बनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियाको टुङ्गो लागेको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच पार्टी एकतासम्बन्धी ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

भक्तपुरमा भएको सोमबार दिउँसोको भेटवार्तामा दुई नेताबीच सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । दुई अध्यक्षले गरेको सहमतिलाई सोमवार बेलुकी बस्ने पार्टी एकता संयोजन समितिको बैठकले अनुमानेदन गर्ने बताइएको छ ।

पार्टी एकता संयोजन समितिले अनुमोदन गरेपछि सोमवार नै सहमतिपत्र सार्वजनिक गरिँदै छ । दुई अध्यक्षबीचको सहमतिसँगै माओवादी केन्द्रले अब सरकारमा जाने तयारी पनि थालेको छ । मंगलबार बिहान मन्त्रालय बाँडफाँडपछि मन्त्रीहरुको नामावली प्रधानमन्त्रीलाई बुझाइने माओवादी स्रोतले बतायो ।

सहमतिअनुसार एकतापछि पार्टी द्विअध्यक्षात्मक प्रणालीमा जानेछ । ओली र प्रचण्ड संयुक्त रुपमा अध्यक्ष बन्नेछन् भने बैठकको अध्यक्षता आलोपालो हुनेछ । सरकारको नेतृत्व पनि आलोपालो प्रणालीअनुसार आधा आधा कार्यकाल हुनेछ । प्रधानमन्त्री र राष्ट्रपति एमालेले लिने र उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले लिने सहमतिमा हस्ताक्षर भएको छ ।

सहमतिका बुँदाहरु
– द्विअध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड” समान हैसियतका अध्यक्ष ।
–  अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी साटफेर, वाम गठवन्धन निर्माणताकाकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुबै आधा–आधा प्रधानमन्त्री ।
–  दुबैले पुच्छर हटाएर पार्टीको “नाम नेपाल कम्युनिष्ट पार्टी” राख्ने ।
–  दुबैले मान्दै आएका माक्र्सवाद, लेनिनवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने । सकेसम्म छिटो बिशेष महाधिवेशन गरेर औपचारिक रुपमा विषयको टुङ्गो लगाउने । त्यसअघि एकताका सैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।
–  दुई अध्यक्षसँगै बहुपद सिर्जना नगर्ने । सानो आकारका स्थायी कमिटी तथा पोलिटव्यूरो र केन्द्रीय समिति बनाउने ।
–  राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई दिने ।
–  माओवाद, एक्काइसौं शताव्दीको जनवाद र बहुदलीय जनवादलाई महाधिवेशनसम्म बहस गरेर संश्लेषण र परिमार्जन गर्ने ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Naryan Shrestha

    आलो पालो प्रधानमंत्री चाईएन।
    यो एउटै पार्टी हूदा किन के का लागि आलो पालो???

    Comment Author

    Netra Sitaula

    Dhan katana gayako khetala ho ra aalo paloo

    Comment Author

    Dammar Pun

    आलो पालो सरकार को नेतृत्व गर्ने सहमति गलत छ ।यसलाई सच्याइयोस।

    Comment Author

    Shreejan Bhansakarya

    यो एकता १००% सफल हुदैन। यिनिहरु हामी जस्ता भोटर लाई धोका दिदैछ। प्रधानमन्त्री आलोपालो गर्ने रे। बेहमान।एकता गर्नु थियोभने माओबादी ले आफू बाट तुकृएर गएका लाई पहिला किन एकता बद्ध गर्न सकेन।

    Comment Author

    Dinesh Kumar

    Khai ke khai e netaharu ko chal……?

    Comment Author

    Sabi Kharel

    prachandaji le janatako avimatlai kadar garnuas vag khojna vanda yo vanda mathi uther utharta dekhaunus taba janta tapaiko pa6i swata lagne6an vagai khoje pani aadha hoin 70 ani 30ko vag anusar 18 mahina matra pm hunu janta pratiko bafadarita hune6 aadha khojer avimatko apaman nagarnus kamtima 5 barsa autalai dinu yahi nai jantako chahana ho

    Comment Author

    RAju Gurung

    Badhae Xa Neta Jyuharu Lae

    Comment Author

    Saila Lama

    Olile prachandalai hawa khuwauxa dui Adhyakxa galat vo yesaile bigarxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?