आज भाइटीका : कस्तो रहला मौसम ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
आज भाइटीका : कस्तो रहला  मौसम  ?

सारांश

  • भाइटीकाको दिन मौसम कस्तो रहला ?
  • काठमाडौं।
  • भाइटीकाका दिन आज पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भाइटीकाको दिन मौसम कस्तो रहला ?
काठमाडौं। भाइटीकाका दिन आज पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
     “आज  देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भाइटीकाको दिन मौसम सामान्यतया सफा नै रहने देखिन्छ”, मौसमविद मानन्धरले भने।
     हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ। संघीय राजधानी काठमाडौंमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ। उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम सफा रहनेछ।
     महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलि कात्तिक २९ गते कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समभावना रहेको छ। रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै
आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता
विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान
विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान

तपाईंले छुटाउनुभयो कि?