पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता घाेषणा !
सारांश
- काठमाडौँ, २ जेठ ।
- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता हुने भएको छ ।
- स्राेतका अनुसार पार्टी एकताका लागि दुवै दल आन्तरिक तयारीमा जुटिसकेका छन् ।
काठमाडौँ, २ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता हुने भएको छ ।
स्राेतका अनुसार पार्टी एकताका लागि दुवै दल आन्तरिक तयारीमा जुटिसकेका छन् ।
कुनै अप्रत्यासित घटना भएन भने बिहिबारनै पार्टी एकता हुन्छ स्राेतले भन्याे ।
यसैको तयारीका लागि एमालेले बुधवार (अाज) दिउँसो ४ बजे स्थायी समिति र बिहिबार (भोली )बिहान ११ बजे केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
यता माओवादीले पनि आज ४ बजे नै केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । दुई पार्टीको बैठकमा एकताका अनुमोदन गराउने तयारी भएको बताइएकाे छ ।
मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका हुन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो ।
भण्डारीको स्मृतिमा बिहिवार बिहान मदननगर बुल्खुमा विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ विशेष वक्ताको रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनेछन् ।
७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, ११ बजे एमालेको केन्द्रीय समिति बैठक बस्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत पार्टी एकताको घोषणा गर्ने तयारी भएको उच्च स्रोतले जनाएको छ ।
Krishna Shrestha
Haaaaaa
Min Bahadur Saud
निर्बाचन ऐन तथा थप अरु कानुनी प्रक्रिया बारे थप बुझन नेताहरुलाई अाग्रह गर्दछु। नत्र दुईतिहाई नजिक बहुमत ल्याएको बामपंथी गठबन्धन लाई कालो कांग्रेसले तत्काल सरकारको नेतृत्व सुम्पेको थिएन संबिधानमा भएको असपष्टताको फाईदा लिदै २/३ महिना सरकारमा रहेर गलत काम र निर्णय गरेर देशलाई गलत बाटोमा लिन खोजेको थियो। तसर्थ सरकारको नेतृत्व गरेका दलहरु एकीकृत भए पछि सबैधानिक हिसाबले कतै फरक त पर्दैन? पाटिमा रहेका कानुबिदहरुलाई एक पटक एकता नहुदै निर्वाचन ऐन बारे बुझन अाग्रह गरौ।
Pralhad Ghimire
हाे भने कति समयकाे लागि
Nir Kumar Gurung
Ramro 1ta party chada dina lai ghate ko ho desh ma
Ramprasad Subedi
केही नचले पछि माअेावादि ईमालेमा टासिनहि परेानि अाउनुस टासिन तर ऐउटा कुरा कान खेालेर सुननुस टासेकेा जुगाले कामदिदहिन वुडापाकाले भनथिय