संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद

सारांश

  • काठमाडौं।
  • संसद्को हिउँदे अधिवेशन भोलि शुक्रबारसुरु हुँदैछ।
  • तर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख चयनबारे औपचारिक निर्णय गर्न सकेको छैन ।

काठमाडौं। संसद्को हिउँदे अधिवेशन भोलि शुक्रबारसुरु हुँदैछ। तर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख चयनबारे औपचारिक निर्णय गर्न सकेको छैन । सभामुख पद नछाड्ने रणनीतिमा रहेको नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामाका लागि अझै मनाउन सकेको छैन भने सभामुख कसलाई बनाउने भन्नेबारे निर्णय गर्न पनि बाँकी नै छ ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा समेत सदस्यहरूले सभामुख चयन प्रक्रिया लम्ब्याइरहन उचित नहुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । स्थायी कमिटी सदस्य भीम रावलले सभामुख चयन प्रक्रिया लम्बिनुहुँदैन भन्ने धारणा बैठकमा आएको बताए । पुस ४ गतेका लागि संसद् आहृवान भइसकेको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको उनको भनाइ छ ।

नयाँ सभामुखका लागि नेकपाभित्र सुवासचन्द्र नेम्वाङ र अग्नि सापकोटाको नाम चर्चामा छ । यद्यपि, नेताहरू सभामुख कसलाई बनाउने भन्नेबारे औपचारिक रूपमा बोल्न चाहँदैनन् । पार्टी्भित्र पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच सभामुख पदका लागि हानाथाप चलिरहेको छ । पूर्वएमाले पंक्तिबाट नेम्वाङलाई सभामुख बनाउनुपर्ने प्रस्ताव आइरहेको छ भने पूर्वमाओवादी पंक्तिले सापकोटालाई अघि सारेको छ । यद्यपि, सो समूहबाट देव गुरुङको नाम पनि चर्चामा छ ।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिएको अवस्थामा सत्तारूढ नेकपाले सभामुख पदमा दाबी गर्न संविधानतः मिल्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामाका लागि गरेको आग्रहलाई तुम्बाहाङ्फेले अस्वीकार गर्दै आएकी छन् । त्यसैले पनि नेकपाले तत्काल सभामुख पदका लागि उम्मेदवार चयनमा हतार गर्न नचाहेको देखिएको छ ।

तुम्बाहाङ्फेले राजीनामा दिएको अवस्थामा पनि नेकपाभित्र सभामुखको उम्मेदवार चयन गर्न त्यति सहज छैन । पूर्वएमाले र पूर्वमाओवादीबीच उक्त पदका लागि भइरहेको हानाथापको निकास कसरी निकाल्ने भन्नेमा नेतृत्वमै एकमत छैन । मध्यमार्गी समूह भने नेम्वाङलाई सभामुख बनाएर पूर्वमाओवादीलाई संसदीय दलको उपनेता दिन सकिने गरी सहमतिको खोजीमा रहेको बताइन्छ । नेम्वाङ हाल नेकपा संसदीय दलको उपनेता छन् ।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिए के गर्ने भन्ने अन्योल पनि कायमै छ । तुम्बाहाङ्फेले तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूले पाउन नहुने तर्क गर्दै राजीनामाका लागि अस्वीकार गर्दै आएकी छन् । उनले आफू पनि सभामुख पदका लागि योग्य रहेको भन्दै दाबी गरेकी छन् । आफूलाई सभामुख नबनाएको अवस्थामा उपसभामुख पदमै कायम रहनुपर्ने उनको तर्क छ । उनी उपसभामुख पदमा कायम रहेसम्म नेकपाले सभामुख पदमा दाबी गर्न संविधानले रोक लगाएको छ । संविधानअनुसार सभामुख र उपसभामुख एकै दल र एकै लिंगको हुन मिल्दैन । File Photo

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?