प्रदेशसभाको पहिलो वैठक कहिले?
सारांश
- काठमाडौं ८ माघ- प्रदेश सांसदहरूको सपथ लगत्तै प्रदेशसभाको पहिलो बैठकका लागि सातवटै प्रदेश तयारीमा सुरु भएको आजको राजधानी दैनिकमा खबर छ ।
- अहिलेसम्म दुइवटा प्रदेशको मात्र पहिलो वैठकको लागि मिति तय भैसकेको छ ।
- प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो बैठक माघ २१ गते र प्रदेश नम्बर २ मा माघ २१ गतेका लागि तय भएको छ।
काठमाडौं ८ माघ- प्रदेश सांसदहरूको सपथ लगत्तै प्रदेशसभाको पहिलो बैठकका लागि सातवटै प्रदेश तयारीमा सुरु भएको आजको राजधानी दैनिकमा खबर छ ।
अहिलेसम्म दुइवटा प्रदेशको मात्र पहिलो वैठकको लागि मिति तय भैसकेको छ ।प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो बैठक माघ २१ गते र प्रदेश नम्बर २ मा माघ २१ गतेका लागि तय भएको छ। दुई प्रदेशबाहेक अन्य प्रदेशको मिति तय भएको छैन।
निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र पहिलो बैठक डाकिसक्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सबै प्रदेशमा बैठकका लागि तयारी सुरु भएको हो। प्रदेशका सांसदहरूले आइतबार सपथ गरेसँगै प्रदेशसभाको पहिलो बैठकका लागि तयारी सुरु भएको हो।
आयोगले शुक्रबार प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाएको थियो। पहिलो बैठकका लागि सम्बन्धित प्रदेशका सरकारी अधिकारीहरू प्रदेश सभाहलको व्यवस्थापकीय तयारीमा जुटेका छन्।
सातवटै प्रदेशका राजधानीमा भौतिक सामग्रीसहित आवश्यक संरचना निर्माणको तयारी सुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख चयन नहुँदासम्म ज्येष्ठ सांसदले सभामुखको भूमिका निर्वाह गर्ने उल्लेख छ।
प्रतिक्रिया