संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ

सारांश

  • काठमाडाै, १५ साउन।
  •   प्रस्तावित प्रधानन्यायाधिश दिपकराज जोशिबारे सोमबार पनि कुनै निर्णय हुन सकेको छैन ।
  •  प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न नसकेको हो।

काठमाडाै, १५ साउन।  प्रस्तावित प्रधानन्यायाधिश दिपकराज जोशिबारे सोमबार पनि कुनै निर्णय हुन सकेको छैन । प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न नसकेको हो।

संसदीय सुनुवाई समितिमा रहेका कांग्रेस सांसदहरूले बैठक बहिस्कारको चेतावनि दिएसंगै निर्णय हुन नसकेको बुझिएको छ । बैठक १६ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।  यसैक्रममा  संसदीय सुनुवाई समितिका सदस्य पार्वत गुरुङले  नेकपाका अध्यक्षद्वय  केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचणडका साथै  नेकपाका उपनेता  सुवास नेम्वाङ  संगको छलफलमा बुधबार एेतिहासिक  निर्णय हुने बताएका छन् ।

गुरूङले भनेका छन् ‘विधि र प्रक्रियाअनुसार चलिरहेका छौँ । हामीले एकदमै परिपक्व निर्णय गर्दैछौँ । हाम्रो एउटा निर्णयले देशमा स्थायी बाटो निर्माण हुन्छ । दुई चार दिनको ढिलाईले धेरै प्रभाप परेको छैन ।’ उनले भने कांग्रेसका कारण निर्णय गर्न ढिलार्इ भएको हो । गुरूङले एेतिहासीक निर्णय हुने हुँदा संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा यसपटकको निर्णयले स्थापित गराउँने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?