ठेला व्यापारबाटै मनग्य आम्दानी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
३५ पटक हेरिएको
Shares
ठेला व्यापारबाटै मनग्य आम्दानी

सारांश

  • अर्जुनधारा ।
  • काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्दैन ।
  • वास्तबमा कामको कमी कहीँ पनि छैन, पहिचान गर्नसके काम र दाम दुवै यहीँ छ ।

अर्जुनधारा । काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्दैन । वास्तबमा कामको कमी कहीँ पनि छैन, पहिचान गर्नसके काम र दाम दुवै यहीँ छ । यसको उदाहरण हो बिर्तामोडका विभिन्न सडक पेटीमा ठेला–व्यापार गर्नेहरु ।

भारत घर भएका राजकुमार साह बिर्तामोडको भद्रपुररोडमा २० वर्षदेखि ठेलामा मःमः, चाउमिन, छोइला बेचेर मासिक रु ७५ हजार कमाउछन् । छोरीको स्कुल खर्च, कोठा भाडा, औषधि उपचार खर्च गरेर पनि राम्रै बचत गर्न सकेको साहले बताउछन् । साँझपख अफिस सकेर धैरै कर्मचारी नास्ता खान आउने गरेको उनको भनाइ छ ।

भद्रपुर रोडमा दिउँसो २ बजेदेखि ठेलाको मःम चाउमिन बेच्दै आएका कृष्ण साहले पनि दैनिक दुई-तीन हजारको व्यापार गर्ने गरेको बताए । ठेला व्यापारबाटै उनको पनि तीन जनाको परिवार राम्रैसँग चल्दै आएको छ । दाजुले वर्षाैंदेखि गर्दै आएको ठेला व्यापार विगत पाँच वर्षबाट कृष्णले सम्हालेका हुन् ।

ठेलामा मःम, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानीपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने भएकाले सानो लगानी गर्नेका लागि यो रोजाइको व्यवसाय बनेको छ ।

झापाको बिर्तामोड पछिल्लो समय तीव्रगतिमा सहरीकरण भइरहेको कोशी प्रदेशको व्यापारिक केन्द्र हो । विर्तामोडको चोकचोक, गल्लीगल्लीदेखि डिपार्टमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँमा राखिएका ठेला व्यापारले धेरैको जीविकोपार्जन भएको शनिश्चरे रोडमा पानीपुरी र चटपटे बेच्दै आएकी सीता साह बताउछिन् । उनी दैनिक एक सय ५० भन्दा बढीलाई पानीपुरी चटपटे खुवाउछिन् ।

घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्ररूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो हुने भएकाले पनि ठेला व्यापारतर्फ धेरैको आकर्षण देखिन्छ । बिएण्डसी हस्पिटल अगाडि ठेलामा जुुुस बेच्दै आएका प्रभु साह कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुने बताउछन् । भारतको विहारका उनी गर्मी सुरु भएपछि ठेलामा जुस बेच्ने गर्छन् । हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने व्यापारी बताउँछन् ।

ठेलामा व्यापार गर्नेले वर्षैभरि एकै किसिमको व्यापार नगरी मौसमअनुसार व्यापार गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । धनकुटा स्थायी घर भई तीन वर्षयता विर्तामोडमा ठेलाको व्यापार गर्दै आएका सनमान तामाङले मौसमअनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएका कारण मौसमी व्यापारमा लागेको बताउछन् । उनले गत वर्षदेखि कहिले फलफूल, कहिले उखुको जुस तथा कहिले सागसब्जी बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं. ७ मा चुनावको तयारी पूरा, १ सय ४ मतदानस्थल अति संवेदनशील
प्रदेश नं. ७ मा चुनावको तयारी पूरा, १ सय ४ मतदानस्थल अति संवेदनशील
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन बन्ने
भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन बन्ने
इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना
इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना
बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य
बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य
असाेजदेखि बन्द हेटौंडा सिमेन्टकाे उत्पादन फेरि सुरु
असाेजदेखि बन्द हेटौंडा सिमेन्टकाे उत्पादन फेरि सुरु
‘कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार’
‘कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार’
श्री एयरलायन्सको थप अर्को उडान शुरु
श्री एयरलायन्सको थप अर्को उडान शुरु
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप