बागलुङका सबै क्षेत्रमा वाम गठबन्धन विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
बागलुङका सबै क्षेत्रमा वाम गठबन्धन विजयी

सारांश

  • प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
  • प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई पराजित गरे ।
  • पाठकले ३३ हजार ६४५ र उनका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार ६१६ मत प्राप्त गरे ।

प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई पराजित गरे । पाठकले ३३ हजार ६४५ र उनका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार ६१६ मत प्राप्त गरे ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पराजित गरेका छन् । पौडेलले २८ हजार ८२७ र पुनले १९ हजार ९०५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (क) मा पनि एमालेका इन्द्रलाल सापकोटाले जित हासिल गरेका छन् । एमालेका जिल्ला अध्यक्ष सापकोटाले काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापालाई पराजित गरेका हुन्।

सापकोटाले १७ हजार ९१५ र काँग्रेसका थापाले ११ हजार ९८९ मत प्राप्त गरे । यस्तै प्रदेशसभा २ मा वाम गठबन्धनबाट चुनाव लडेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पूर्वसांसद काँग्रेसका प्रकाश शर्मा पौडेललाई पराजित गरेका छन् । थापाले १५ हजार ६३६ र पौडेलले नौ हजार ९४ मत प्राप्त गरे ।

यस्तै प्रतिनिधिसभा २, प्रदेशसभा (क) मा पनि माओवादी केन्द्रका चन्द्र बुढाले काँग्रेसका मञ्जेशबम मल्ललाई पराजित गरेका छन् । बुढाले १७ हजार ४१५ र मल्लले ११ हजार ५४६ प्राप्त गरे।

प्रदेशसभा (ख) मा पनि वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भए । घर्तीले ११ हजार ८८४ र उनका निकटतम प्रत्याशी काँग्रेसका जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गरे।

जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० को चुनावमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्र जितेको काँग्रेसले यस पालि आफ्नो विरासत जोगाउन सकेन ।

(https://conversionwise.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?