एशियाली शेयर बजार ३ वर्षकै उच्च स्तर नजिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २०, २०७७
|
|
२८ पटक हेरिएको
Shares
एशियाली शेयर बजार ३ वर्षकै उच्च स्तर नजिक

सारांश

  • एजेन्सी, २० कार्तिक।
  • बिहीबार एशियाली शेयर बजारमा तीव्र वृद्धि देखिएको छ ।
  • लामो समयदेखि चर्चामा रहेको अमेरिकी चुनावमा जो बाइडन बढी मतका साथ अगाडि रहेकाले लगानीकर्ताहरु आशावादी हुदाँ एशियाली शेयर बजार ३ वर्षयताकै उच्च स्तर नजिक पुगेको बताइएको छ ।

एजेन्सी, २० कार्तिक। बिहीबार एशियाली शेयर बजारमा तीव्र वृद्धि देखिएको छ । लामो समयदेखि चर्चामा रहेको अमेरिकी चुनावमा जो बाइडन बढी मतका साथ अगाडि रहेकाले लगानीकर्ताहरु आशावादी हुदाँ एशियाली शेयर बजार ३ वर्षयताकै उच्च स्तर नजिक पुगेको बताइएको छ ।

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर १.३ प्रतिशतले बढेको छ। यो सन् २०१८ फेब्रुअरी यताको उच्च हो ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन पूर्व निराश देखिएको विश्व बजार मत परिणाम सार्वजनिक हुन थाले सँगै बढ्न थालेका छन्। बुधवार विश्व भरिकै बजारमा बिद्धि देखियो भने बिहीबार बिहान खुलेका बजारमा समेत बढोत्तरी देखिएको छ।

यसमा अमेरिकी प्रमुख शेयर बजार न्यास ड्याक सूचक ४ प्रतिशतले बढेर बन्द भयो। यसका अतिरिक्त युरोपियन बजारमा पनि तेजी देखिएको छ। आज बिहानै देखि खुलेका एसियाली शेयरबजारहरुमा सानदार बिद्धि भइरहेको छ। बुधवार विश्वकै शेयर बजारमा शेयरको माग उच्च देखिएको छ। अमेरिकी बजार डाउ जोन्स १३.३४ प्रतिशत बढ्दा सूचक ३६७.६३ अंक भन्दा बढी बढेर २७ हजार ८४७.७० अंकमा पुगेर बन्द भएको छ।

न्यास ड्याक इन्डेक्स ४.४१ प्रतिशत बिद्धिका साथ ४९७.११ अंक बढेर ११ हजार ७७० मा बन्द भएको थियो। एसएंन्डपि ५०० इन्डेक्स २.२० प्रतिशतले बढेर ३४ सय ३४.४४ अंकमा पुगेर बन्द भएको छ। बुधवार युरोपियन बजारमा पनि तेजी देखिएको थियो। बेलायतको प्रमुख शेयर बजार एफटिएसइ १.६७ प्रतिशत बढेर बन्द भएको थियो। उता फ्रान्सको क्याँक २.४४ प्रतिशतले बढेर चार हजार ९२२.८५ अंकले बढेर बन्द भएको छ। बुधवार जर्मनीको ड्याक्स १.९५ प्रतिशतले बढेर १२ हजार ३२४.२० अंकमा बन्द भयो।

बुधवार बिहानै खुलेका एसियाली शेयर बजारमा हरियाली देखिएको छ। हङकङको शेयर बजार ह्याङस्याङ पनि ५४१ अंक भन्दा बढी बढी सकेको छ। चीनको शंघाइ कंम्फोजिट ०.८८ प्रतिशत र भारतको बिएससि सेन सेक्स ५६० अंकले बढेर ४१ हजार माथि उक्ली सकेको छ। यसैगरी जापानको निक्केई सूचक १.१ प्रतिशतले बढेर ९ महिनायताकै उच्च स्थानमा पुगेको छ भने दक्षिण कोरियाको शेयर बजारमा १.५ प्रतिशतको बढोत्तरी देखिएको छ ।

यता चिनीयाँ ब्लू चिप्स शेयरमा ०.८ प्रतिशतको बढोत्तरी देखिएको छ । बिडेन राष्ट्रपति पदमा चुनिएसँगै अतिरिक्त शुल्क फिर्ता हुने अपेक्षासँगै चिनीयाँ शेयरमा बढोत्तरी देखिएको हो ।

एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्स ०.१ प्रतिशतले बढेको छ ।(मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा
नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा
पेनाल्टी चुकेका मेस्सीका नाममा जोडिए यि चार खराब तथ्य
पेनाल्टी चुकेका मेस्सीका नाममा जोडिए यि चार खराब तथ्य
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
Sonam Kapoor and Anand Ahuja graced the cover of Vogue India Magazine, see pics
Sonam Kapoor and Anand Ahuja graced the cover of Vogue India Magazine, see pics
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
नेकपाको भोलिको सचिवालय बैठक स्थगित् नहुने, यस्तो छ दाहाल-नेपालको तयारी
नेकपाको भोलिको सचिवालय बैठक स्थगित् नहुने, यस्तो छ दाहाल-नेपालको तयारी
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?