एसइइको मार्कसिटमा यस्तो त्रुटी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
५३ पटक हेरिएको
Shares
एसइइको मार्कसिटमा यस्तो त्रुटी

सारांश

  • काठमाडौ ।
  • यस बर्ष पनि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयले गम्भीर त्रुटि गरेको छ ।
  • विहीबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्रयोगात्मकको व्यवस्थै नभएको गणितमा विद्यार्थीले प्रयोगात्मक ग्रेड प्राप्त गरेको उल्लेख सहित कार्यालयले मार्क्सिट सार्वजनिक गरेको छ ।

काठमाडौ । यस बर्ष पनि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयले गम्भीर त्रुटि गरेको छ । विहीबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्रयोगात्मकको व्यवस्थै नभएको गणितमा विद्यार्थीले प्रयोगात्मक ग्रेड प्राप्त गरेको उल्लेख सहित कार्यालयले मार्क्सिट सार्वजनिक गरेको छ । अनिवार्य गणित र ऐच्छिक गणित बाहेकको विषयमा मात्रै प्रयोगात्मकको ग्रेड हुने भए पनि कार्यालयले वेभसाईट मार्फत् सार्वजनिक गरेको मार्क्सिटमा अनिवार्य गणितको प्रयोगात्मकको ग्रेड उल्लेख गरिएको थियो । परीक्षाफलमा त्रुटि भएको भन्दै गुनासो आएपछि कार्यालयले उक्त त्रुटि सच्चयाएर अहिले दुबै विषयमा प्रयोगात्मकको ग्रेड उल्लेख नभएको मार्कसिट सार्वजनिक गरेको छ ।

यसलाई सर्भरमा राख्दा भएको गल्तिका रुपमा बुझ्नु पर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सामान्य भएको प्रतिकृया दिए । हामीले थाहा पाए पछि सच्याईसकेका छौं उनले भने यो सामान्य ईरर हो । गत बर्ष पनि कक्षा १० को नतिजा सार्वजनिक गर्दा त्रुटी भएको थियो । उक्त त्रुटिलाई पनि बोर्डले सामान्य भन्दै पन्छिएको थियो ।

परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी थिए ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् । त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३

हजार ८ सय ४१ जना रहेका छन् । परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
१८ वर्षे भतिजा हराएपछि तनावमा विरेन्द्र, खोजी गरिदिन अनुरोध
१८ वर्षे भतिजा हराएपछि तनावमा विरेन्द्र, खोजी गरिदिन अनुरोध
NEA to build high-capacity power transmission line in Kathmandu
NEA to build high-capacity power transmission line in Kathmandu
सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल : बडाल
सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल : बडाल
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
बेलायती स्वास्थमन्त्रीलाई कोरोनाको सक्रमण
बेलायती स्वास्थमन्त्रीलाई कोरोनाको सक्रमण
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला
बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला
कसले रोक्दैछ केपी ओलीलाई ? यसो भन्छन् उनी
कसले रोक्दैछ केपी ओलीलाई ? यसो भन्छन् उनी