कसले रोक्दैछ केपी ओलीलाई ? यसो भन्छन् उनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
४० पटक हेरिएको
Shares
कसले रोक्दैछ केपी ओलीलाई ? यसो भन्छन् उनी

सारांश

  • काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी शक्तिहरुले अन्तिम प्रयास गरिरहेको बताएका छन् ।
  • नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न बहानामा आफूलाई प्रम बन्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।
  • ‘कुनै कारणबिना सरकार बनाउन विलम्व गर्ने किन ?

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी शक्तिहरुले अन्तिम प्रयास गरिरहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न बहानामा आफूलाई प्रम बन्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘कुनै कारणबिना सरकार बनाउन विलम्व गर्ने किन ? कुनै हालतमा केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने प्रयास भइरहेको छ’, उनले भने, ‘अहिले भारतले नाकाबन्दी लगायो भन्ने ? नाकाबन्दीविरुद्ध उभिने ? रेल ल्याउँछु भन्ने ? भन्दै केही मानिस सरकार बनाउने बाटोमा तगारो हाल्दैछन् ।’

उनले आफूलाई प्रधानमन्त्री बन्न नदिनैका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विभिन्न बहाना बनाएर सत्ता ओगटिरहेको बताए । ‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी खेल भइरहेको छ’, ओलीले भने, ‘यी कुनै पनि प्रयास काम लाग्ने छैनन् । एमाले–माओवादी केन्द्रसमेतको चुनावी तालमेलबाट सरकार बन्छ । सुशासन कायम हुन्छ, आर्थिक समृद्धि आउँछ ।’

मागेको भए कांग्रेसलाई दिन्थ्यौँ

अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुचित दबाव दिएर राष्ट्रिय सभ गठनसम्बन्धी एकल संक्रमणीय प्रणालीसहितको अध्यादेश पारित गराउन बाध्य पारिएको बताए ।

‘वामको बहमुत आएपछि केही मान्छेलाई आतंक छ । अध्यादेश जारी भयो भन्ने सुनेको छु, यसरी अध्यादेश जारी हुनु संवैधानिक हो, तर असाधारण दबाबका कारण राष्ट्रपतिले पारित गरिन्’, उनले भने, ‘सरकार बनाउने कुरा प्रतिनिधि सभाको स्वतन्त्र बिजनेस हो । अनुचित ढंगबाट दबाव दिएर अध्यादेश जारी गराइएको छ । तर अध्यादेश आफैँ असंवैधानिक र अनुचित छ ।’

अध्यक्ष ओलीले कांग्रेसले राष्ट्रिय सभामा केही सीट मागेको भए आफूहरु दिन तयार रहेको बताउँदै राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न बाध्य पारिनु गलत भएको जिकिर गरे ।अन्नपूर्ण पोस्ट बाट

(www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?