एसईईको नतिजा प्रकाशनमा देखिएको गल्ती छानबिन गर्न समिति गठन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १२ असार – गत चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल शनिबार प्रकाशित गरिएको थियो ।
  • परीक्षाफल प्रकाशनका क्रममा केही त्रुटी देखिएका थिए ।
  • नतिजा सार्वजनिक गर्दा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

काठमाडौँ, १२ असार – गत चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल शनिबार प्रकाशित गरिएको थियो । परीक्षाफल प्रकाशनका क्रममा केही त्रुटी देखिएका थिए । नतिजा सार्वजनिक गर्दा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मन्त्रालयको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहनेगरी समिति गठन भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरबाट गत शनिबार प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या देखिएका थिए । समस्यालाई पहिचान गरी समाधान गर्दा पूर्वप्रकाशित परीक्षाफलमा केही परीक्षार्थीको मूल अभिलेख बमोजिम परीक्षाफल संशोधन भएको देखिएको थियो । नतिजामा देखिएको त्रुटि सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न समितिले काम गर्ने बताइएको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार आगामी दिनमा त्यसप्रकारको समस्या आउन नदिन अवलम्बन गर्नुपर्ने उपाय सम्बन्धमा पाँच दिनभित्र सुझाव दिन समिति गठन गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?