चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
३८ पटक हेरिएको
Shares
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !

सारांश

  • काठमाडौं, फागुन २ ।
  • नेपाल टेलिभिनबाट प्रसारण हुँदै आइरहेको हास्यव्यंग्य टेलिश्रृंखला भद्रगोल छोटो समयमै लोकप्रियातको शिखर चुम्न सफल कार्यक्रम मानिन्छ ।
  • यो श्रृंखलाका अधिकांश कलाकार अभिनयका कारण लोकप्रिय पनि भएका छन् ।

काठमाडौं, फागुन २ । नेपाल टेलिभिनबाट प्रसारण हुँदै आइरहेको हास्यव्यंग्य टेलिश्रृंखला भद्रगोल छोटो समयमै लोकप्रियातको शिखर चुम्न सफल कार्यक्रम मानिन्छ । यो श्रृंखलाका अधिकांश कलाकार अभिनयका कारण लोकप्रिय पनि भएका छन् ।

पछिल्लो समय भद्रगोलमा विवादै विवाद सुरु भएको छ । गत वर्ष जेठमा भद्रगोलको निर्माता समेत रहेका सुवास कार्की आउट भए । हाल उनी ‘के जमाना आ’ मा आबद्व छन् ।

त्यसरी नै केही महिनाअघि भद्रगोलका निर्देशक शंकर आचार्य पनि आउट भए । यसै सातादेखि आचार्यलाई पुनः भद्रगोलमा फर्काइएको छ । भद्रगोलको ‘हाइट’ बढाउने २ चर्चित पात्र भने निकालिएका छन् ।

भद्रगोलबाट जमेका कुमार कट्टेल ‘गिज्री’ र अर्जुन घिमिरे ‘पाडे’लाई गलहत्याएर यसै सातादेखि शंकर आचार्यलाई भित्र्याइएको स्रोतले जनाएको छ । कट्टेल धुर्मुसका भाई पनि हुन् ।

यसरी धुर्मुसका भाई कुमारलगायतलाई निकाल्नुको खास कारण हो, रौतहटको सन्तपुरमा धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित एकीर्कत बस्तीकै विषयमा केन्द्रित शृंखला निर्माण ।

धुर्मुस–सुन्तलीले निर्माण गरेको वस्तीलाई फोकस गरेर भद्रगोल टिमले भिडियो सुट गरेको थियो । भिडियोमा धुर्मुस–सुन्तलीलाई पनि देखाइएको थियो । तर, त्यो भिडियो मिडिया हब पुगेपछि धुर्मुस–सुन्तली रहेको भाग फालेर बाँकी भिडियो प्रसारण गरिएको थियो ।

धुर्मुस–सुन्तलीको भाग रहेको भिडियो काटेर फालेपछि भद्रगोल टिम नै मिडिया हबप्रति आक्रोशित बनेका थिए । यही विषय नै भद्रगोलको अहिलेको मुख्य विवाद हो ।

यस विषयमा मिडिया हबका सञ्चालक सोम धितालसँग कुरा गर्दा आफू बाहिर रहेको बेला भिडियो इडिट गर्नेहरुले फाले होला, मैले हेर्न नपाएको बताएका छन् ।

यस्तो छ कलाकार र मिडिया हबसँगको सम्झौता
भद्रगोल टिमले प्रतिशृंखला १ लाख ५ हजारमा बनाउने सम्झौता गरेका थिए । २७ भागको पैसा लिन बाँकी छ । ऋण खोजेर बनाएको भद्रगोल शृंखलाको पैसा कसरी चुक्ता गर्ने सोम धितालसँग उठाउने भन्ने चिन्तामा रुमल्लिएका छन्, कलाकार ।

कलाकारलाई पैसा नतिरेका धितालले नेपाल टेलिभिजनलाई समेत करोडौं बुझाउन बाँकी छ । नियम कानून अनुसार धिताल नेपाल टेलिभिजनको कालोसूचीमा पर्नुपर्ने व्यक्ति हुन् । तर, तिनैलाई टेलिभिजनको वार्षीकोत्सवमा सम्मान गरिएको छ ।

मिडिया हबले अभिनय गर्दै आइरहेका कलाकारहरुलाई पनि लामो समयदेखि पैसा नदिएपछि कलाकारको बेहाल छ ।

जति पनि चर्चित हास्यटेलिसिरियलहरु प्रायः मिडिया हबको उत्पादन हो । मिडिया हबका मालिक हुन् सोम धिताल । धितालले पछिल्लो समय फेरि कलाकारलाई धरधरी रुने अवस्थामा पु¥याएका छन् ।

यस्तो थियो भद्रगोलमा रहँदा कार्कीको विगत !
त्यतिबेला दर्शकको रोजाइमा परेका तिनै चर्चित कलाकारमध्ये एकमा पर्थे, सुवास कार्की ‘बेलासे’ ।
उनी श्रृंखलामा प्रयोग गर्ने थेगो ‘तनावै तनाव छ, गोजीमा दुई रुपैयाँ छैन’ का कारण चर्चित थिए । आफ्नो अभिनयले दर्शकको मत जित्न सफल बेलासे दर्शकको रोजाइमा परेपनि उनी करिब एक वर्षअघि भद्रगोलको पर्दामा देखिएका छैनन् ।

चलचित्र र टेलिश्रृंखलाहरुमा निर्माताले कलाकारलाई शोषण गर्दै हटाउने गरेका भए पनि त्यतिबेला भद्रगोलमा ठीक उल्टो दृश्य देखिएको थियो ।

रोचक के थियो भने निर्माता रहेका बेलासेलाई कलाकारहरुले नै निष्कासन गरेका हुन् । बेलासेले निर्माताका रुपमा बहन गर्नुपर्ने दायित्व पूरा नगरेपछि उनी कलाकारबाटै हटाइएका हुन् ।

उनले कलाकारलाई पारिश्रमिकबापत दिनुपर्ने महिनौंको तलब दिन आनाकानी गर्दै आइरहेका थिए । महिनौं तलब बिनै काम गरेका कलाकारले बेलासे तलब दिन सकारात्मक नभएपछि उनीबिनै सिरयल सञ्चालन गरेका थिए ।

भद्रगोलमा रहँदा उत्पादक कार्कीले मनपरी कलाकार राख्ने र अकारण निकाल्ने काम समेत गर्दै आइरहेका थिए । कार्कीको यस्तै स्वच्छाचारी रवैयाको कारण सिपी पुडासैनी ‘धतुरे’, लेखान्त भुसाललगायत केही कलाकार सिरियलबाट निस्कन परेको थियो ।

आज उनै कार्की सिपी पुडासैनीको ‘के जमाना आ’ मा आबद्व छन् । अभिनय गर्दै आइरहेका कलाकारहरुलाई क्षमताको आधारमा भन्दा पनि निकटताको आधारमा भूमिका दिने गरेको गुनासो भद्रगोलभित्र रहेको कारण कार्की सिरियलबाट ‘आउट’ हुन पुगेका हुन् ।

कार्कीले पैसा भएका मान्छेलाई क्षमता बिना नै भूमिका दिने गर्थे । ‘राम्रोलाई स्पेस नदिने र पैसा भएकालाई आवश्यकताभन्दा बढी भूमिका दिने काम बेलासेले गर्ने गर्थे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु हुँदै…
नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु हुँदै…
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
डेढ वर्षमा  ९४ गुनासा : धुलोमुक्त काठमाडौँ बनाउन आग्रह
डेढ वर्षमा ९४ गुनासा : धुलोमुक्त काठमाडौँ बनाउन आग्रह
बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स
बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स
भारतीय प्रधानमन्त्री मोदीकी पत्नी दुर्घटनामा घाइते
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
माओवादी र प्रचण्डलाई झस्काउने सर्वोच्च अदालतको आदेश के हो?
माओवादी र प्रचण्डलाई झस्काउने सर्वोच्च अदालतको आदेश के हो?
नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै
नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै
यी हुन् राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानी सांसद
यी हुन् राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानी सांसद