एसपी रानाको उद्घोष: पोखरा गुण्डा मुक्त क्षेत्र
सारांश
- कास्की, २४असार ।
- पर्यटकीय नगरी पोखरा जिल्ला सुरक्षाको दृष्टिकोणबाट निकै महत्वपूर्ण छ ।
- जसको कारण यो जिल्लामा सुरक्षा प्रमुखका रुपमा आउने धेरै लालाहित हुने गर्दछन् ।
कास्की, २४असार । पर्यटकीय नगरी पोखरा जिल्ला सुरक्षाको दृष्टिकोणबाट निकै महत्वपूर्ण छ । जसको कारण यो जिल्लामा सुरक्षा प्रमुखका रुपमा आउने धेरै लालाहित हुने गर्दछन् ।
काम देखाउने ठाउँका रुपमा यो जिल्लालाई लिने गरिन्छ । यहाँ आएका कमै सुरक्षा प्रमुख छोटो समयमा राम्रो उपलब्धी हासिल गर्न निकै गाह्रो पर्छ ।
तर पनि आफु कार्यालय प्रमुखका रुपमा आएका कास्की जिल्लाका नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाले निकै राम्रो उपलब्धी हासिल गर्न सफल देखिएका छन् ।
उनी कास्की प्रमुखका रुपमा आएको दुई महिनामै कस्की प्रहरीमा दुई ३ सय ५५ वटा मुद्दा दर्ता भएको छ ।
कास्कीका प्रहरी प्रमुख ओम रानाका अनुसार गएको वैशाख ३१ ग्तेदेखि अहिले असार २० गतेसम्मको तथ्यंकमा सो मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको हो ।
“विगतमा समान्य हिसाबले सहजीकरण गर्दा अपराध र अपराधीक क्रियाकलापसगौ शान्ति सुरक्षालाई चुनौती दिएको देखिएको उनले भने, तर मुद्दा नै चलाउने क्रम बढेपछि यो क्रम रोकिएको छ । ”
प्रहरीले सक्रियता बढाएसँगै पक्राउ पर्ने र मुद्दा दर्ता हुने क्रम समेत बढेको छ । उहाँका अनुसार उक्त मुद्दामा अहिलेसम्म ८० महिला सहित ६ सय ७० जनालाई कारवाही गरिएको छ ।
यता प्रहरीले विभिन्न कारवाही अभियान समेत तिब्र पारेको छ । जस अनुसार वाइक मोडीफाई गर्ने १ सय १३ जना कारवाहीमा परेको उहाँले बताउनुभयो ।
यस्तै मिटरमा जान नमान्ने ९३ वटा ट्याक्सी, सिट क्षमता भन्दा बढी बोक्ने ३९ विना लाईसेन्स चलाउने ३ सय ६०, फुटपाथमा पार्किङ गर्नै ३ सय ९९ वटा सवारी समेत कारवाहीमा परेका छन् ।
यस्तै ठुलो परिमाणमा लागे औषध सहित ६० जना कानुनी कारवाहीमा परेका छन् । यस्तै ठुलो परिमाणमा गाँजा फँडानी र नष्ट तथा घरेलु मदिरा नष्ट गरेको उहाँको भनाई छ ।
यस्तै विरौटा प्रहरीले पनि विभिन्न उपलव्धीमुलक काम गरेको छ । जसअनुसार फरार रहेका ५८ जना अपराधिलाई पक्राउ गरेको , योन व्यवसायमा संलग्न ७८ जना, जुवा तास सहित ७१ जना, नदीजन्य चोर निकासीमा ४ जनालाई पक्राउ गरी कारवाही गरिएको जनाईएको छ । यस्तै प्रहरीले सामाजिक कर्या अन्तरगत स्कुल शिक्षा, कुकुर सहितको चेकजाँच प्रहरी हाम्रो टोलटोलमा अभियान समेत चलाएको छ ।
उनले कास्कीमा चोरी, लुटपाट, कालोबजारी न्यूनिकरण गर्दै न्यायिक निकायसंगको समन्वयमा फरार अपराधीको पक्राउ तथा कारवाहीलाई एक्सनकै रुपमा कामबाट देखिने भन्दै कास्कीलाई गण्डामुक्त क्षेत्रका रुपमा स्थापित गराउन आफु सक्रिय हुने समेत बताए ।
कास्कीका प्रमुख ओम बहादुर रानाका कार्ययोजना
– दर्ता हुन आएको मुद्दा दर्ता संख्या – ३५५ वटा
– कारवाही गरिएको संख्या : पुरुष ५९० र महिला ८० गरी जम्मा ६७० जना ।
| मिटरमा जान नमान्ने ट्याक्सी पक्राउ | ९३ | ९३ | – | ९३ | आवस्यक कारवाहीको लागि यातायात ब्यवस्था कार्यालय पठाईएको | |
| २ | मोडी फाई ( ठुलो हर्न) बाईक | ११३ | ११३ | – | ११३ | |
| ३ | सिट क्षमता भन्दा बढी बोक्ने सवारी | ३९ | – | – | – | |
| ४ | बिना लाईसेन्स चलाउने | ३६० | – | – | – | |
| ५ | फुटपाथमा पार्किङ गर्ने | ३९९ | – | – | – | |
| ३ | लागू औषध
Narcoticdone चरेश गांजा प्रभावित एरिया |
३१ | ५८ | २ | ६० | बरामद :
– बुप्रिनर्फिन – ३१९ – डाईजापाम १६८ – फेनेरागन १६९ – गांजा १६ किलो ६३ ग्राम – चरेस ५ के.जी. ७२० ग्राम – स्पामो ४८ – नाईट्रोभ्याट १९५ – नाईट्रोसन २०५ – ब्राउन सुगर ६ ग्राम ९१ मि.ग्रा. |
| ४ | गांजा फडानी
(कस्केरी, मादी गा.पा. ,रुपा दाङसिङमार, आरुपाट,छापागाउ, बिरौटा, |
– | – | – | – | ३५०० बिरुवा, ९.५ क्वीन्टल नष्ट |
| ५ | मदिरा नष्ट
(सैनिकबस्ती, गणेशटोल,सातमुहाने, लामाचौर, बिरौटा |
– | – | – | – | कच्चा पदार्थ ६७७० लिटर
निर्मित घरेलु मदिरा ९८५ लि. भाडा – ५ सेट (तामा, सिल्बट,माटो प्लाष्टिकको भांडो ८८ थान |
| ६ | फरार अपराधी पक्राउ | – | ६८ | – | ६८ | बिभिन्न अपराधमा संलग्न |
| ७ | स्वीप अप्रेशन | – | – | – | – | ७४९ जनालाई पक्राउ गरिएको ।
६७ जनालाई के.सा.अ. मुद्दा चलाईएको । |
| ८ | यौन ब्यवसायमा संलग्न | – | २७ | ५१ | ७८ | के.सा.अ. मुद्दा चलाईएको |
| ९ | नदीजन्य चोरी निकासी | ४ | – | – | ४ | ३ ट्याक्टर, १ स्कयाभेटेर
जिल्ला समन्बय समितिमा पेश |
| १० | जुवातास | ९ | ५२ | १९ | ७१ | |
| ११ | कुकुर सहित वृहत चेकिङ | – | – | – | ५ | छोरेपाटन, याम्दी, बिजयपुर,कोत्रे एरियामा |
| १४ | प्रहरी हाम्रो टोल टोलमा | – | – | – | निरन्तर | परस्याङ, महतगौडा,बाझापाटन, छोरेपाटन अन्य निरन्तर |
| १५ | Drug Free Clubगठन
(स्कूल, कलेज, नर्सिंङ ) |
– | – | – | १० वटामा गठन भएको | ६८२ प्राईभेट तथा सरकारी स्कूल,कलेज, नर्सिङ कलेजमा Drug Free Club गठन प्रकृया,निरन्तर |
१)प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूका प्राथमिकताको अक्षरस पालना,
२) अपराधिक कृयाकलाप उपर कानुनको कठोरतालाई आत्मसाथ गर्दै विवेकपूर्ण प्रहार,
३) गुण्डागर्दी विरुद्व कडा कारवाही,
४)घरेलु मदिरा तथा लागु पदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रणमा निरन्तरता,
५) प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण तथा स्तरवृद्विमा जोड
६) सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यबस्थापन सँगै जनचेतनामुलक कार्यक्रम संचालन
७) घरेलु हिंसा, लैंगिक हिंसा, महिला बालबालिका, जेष्ठ नागरिक तथा अशक्त व्यक्ति उपरका घटनामा संवेदनशिलता र पिडित मैत्री वाताबरणको सिर्जना
८)सामाजिक विकृति विसंगति र कुसंस्कार विरुद्व जनचेतानमुलक कार्यक्रमको निरन्तरता
९) छुट्टा छुट्टै स्क्वायड (पिलर) खडा गरी अपराधीको खोजतलास तथा कारवाही
१०) गुण्डागर्दी १, घरेलु मदिरा, लागु पदार्थ, यौन व्यवसाय र जुवातास विरुद्व १, चोरी लुटपाट कालोबजारी १, फरार अपराधीको खोजीको लागि १, सामाजिक संजाल (साईवर)बाट हुने अपराध १
११) सुचना संकलन एवं प्रमाणमुखी अनुसन्धानमा जोड
Kancha Tamang
अब देश मुक्त हुनुपर्छ हामि साथ छौ
यादब राजगुरु सल्यानि
पोखरा मात्र होइन सर पूरा नेपाल गून्डा मूक्त हूनूपर्छ सरकार
Meg Shrestha
सफल कार्य काल को शुभ कामना ओम sir