अनेरास्ववियूद्वारा आज राजधानीका ५ स्थानबाट ५ सय भन्दा बढि विद्यार्थीलाई राहत प्रदान
सारांश
- कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएयता धेरै समस्यामा पर्न थालेका छन् ।
- समस्यामा परेका सर्वसाधारणलाई सरकार बाहेक अन्य विभिन्न संघसंस्थाले पनि सहयोग गर्दै आइरहेको छ ।
- यसैक्रममा आइतबार अनेरास्ववियू केन्द्रीय कमिटिको आयोजनामा आइतबार काठमाडौँका विभिन्न पाँच स्थानमा करिब ५ सय विद्यार्थीलाई राहत वितरण गरिएको छ ।
कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएयता धेरै समस्यामा पर्न थालेका छन् । समस्यामा परेका सर्वसाधारणलाई सरकार बाहेक अन्य विभिन्न संघसंस्थाले पनि सहयोग गर्दै आइरहेको छ । यसैक्रममा आइतबार अनेरास्ववियू केन्द्रीय कमिटिको आयोजनामा आइतबार काठमाडौँका विभिन्न पाँच स्थानमा करिब ५ सय विद्यार्थीलाई राहत वितरण गरिएको छ ।

राहत वितरणकै क्रममा चावहिलस्थित गोपिकृष्ण सिनेमा परिसरबाट समस्यामा परेका विद्यार्थीलाई अत्यावश्यक खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य सागर भट्टले बताए । भट्टकै व्यवस्थापनमा चावहिलका विद्यार्थीहरुलाई उक्त राहत वितरण गरिएको हो ।

अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महतको नेत्तृत्वमा चाबहिल बाहेक नयाँ बानेश्वर, कोटेश्वर, मैतिदेवी, लैनचौरमा गरी करिब ५ सय विद्यार्थीलाई राहत वितरण गरिएको हो । राहत वितरण केन्द्रीय नेता शैलेस लामा, नारायण घर्ती, पंकज भण्डारी, तपेन्द्र शाही लगायत पनि उपस्थित थिए । अत्यन्तै सावधानीपूर्वक सामाजिक दुरी कायम राख्दै विद्यार्थीहरुलाई ५ दिनसम्म पुग्ने गरी राहत प्रदान गरिएको छ ।
प्रतिक्रिया