एसिया प्यासेफिक सम्मेलनको विरोध गर्दै प्रदर्शन, ३० जनाभन्दा बढी पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
एसिया प्यासेफिक सम्मेलनको विरोध गर्दै प्रदर्शन, ३० जनाभन्दा बढी पक्राउ

सारांश

  • काठमाडौं, मंसिर १५ ।
  •  काठमाडौंमा आजदेखि शुरु भएको एसिया प्यासेफिक सम्मेलनको विरोधको प्रदर्शनमा उत्रने ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • सम्मेलनस्थल बौद्ध चुच्चेपाटी नजिकै प्रदर्शनको तयारी गरिरहेकालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो ।

काठमाडौं, मंसिर १५ । काठमाडौंमा आजदेखि शुरु भएको एसिया प्यासेफिक सम्मेलनको विरोधको प्रदर्शनमा उत्रने ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्मेलनस्थल बौद्ध चुच्चेपाटी नजिकै प्रदर्शनको तयारी गरिरहेकालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो । हिन्दुधर्मसँग सवन्धित संघसंस्थाको आयोजनामा प्रदर्शनको तयारी भैरहदा प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले गैर सरकारी संस्थाले धर्म प्रचारका लागि गरेको सम्मेलनमा सरकार नै सहभागी भएको भन्दै विरोध जनाएका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओली बिरुद्ध चर्को आलोचना गरेका थिए । सम्मेलनस्थल नजिकैको सडकमा चार–पाँच जना जम्मा हुने वितिक्कै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनमा सहभागी हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी र हिन्दुधर्मसँग सवन्धित संघसंस्थाका नेता कार्यकर्ता सहभागी थिए । एसिया प्यासेफिक सम्मेलनको नाममा सुरक्षा लगायतको कारण देखाउदै सरकारले जनतालाई अनावश्यक दुस्ख दिएको भन्दै केही दिनदेखि त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैन : नेता नेपाल
एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैन : नेता नेपाल
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
देउबा र पौडेलको किन मच्चियो रस्साकस्सी ?
देउबा र पौडेलको किन मच्चियो रस्साकस्सी ?
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना
आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना
बालकोट वार्ता : प्रधानमन्त्रीमा आलोपालोको सहमति
बालकोट वार्ता : प्रधानमन्त्रीमा आलोपालोको सहमति
पोखरामा रास्वपाको प्रदर्शन
पोखरामा रास्वपाको प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?