स्थानीय तहमा कृषि : चुनौती र अवसरहरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
स्थानीय तहमा कृषि : चुनौती र अवसरहरु

सारांश

  • गणेश शाक्य जब–जब कृषिका कुरा आउँछन्, नेता होस् वा कृषि विज्ञ, सबैले बडो गर्वका साथ ‘नेपाल कृषि प्रधान देश’ हो भन्न पछि पर्दैनन् ।
  • तर, आम नेपाली जनता वर्तमान अवस्थामा यो कुरा स्विकार्न तयार छैन् ।
  • दैनिक उपभोग्य कृषिवस्तुहरु आयातको लागि वर्षेनी खर्बौं रुपैयाँ विदेशिने तथ्य थाहा पाउँदा पाउँदै देश कसरी कृषि प्रधान हुन सक्छ ?

गणेश शाक्य

जब–जब कृषिका कुरा आउँछन्, नेता होस् वा कृषि विज्ञ, सबैले बडो गर्वका साथ ‘नेपाल कृषि प्रधान देश’ हो भन्न पछि पर्दैनन् । तर, आम नेपाली जनता वर्तमान अवस्थामा यो कुरा स्विकार्न तयार छैन् । दैनिक उपभोग्य कृषिवस्तुहरु आयातको लागि वर्षेनी खर्बौं रुपैयाँ विदेशिने तथ्य थाहा पाउँदा पाउँदै देश कसरी कृषि प्रधान हुन सक्छ ? प्रत्येक नागरिकले स्वदेशमै उत्पादित कृषिजन्य वस्तुहरु सरल, सहज र सुलभ मूल्यमा उपभोग गर्न पाएको भए पो कृषि प्रधान देश भन्न मिल्छ । अहिलेको अवस्थामा त कृषिप्रधान देश हैन ‘आयात प्रधान देश’ भन्न पो उपयुक्त होला की ?

अब प्रसङ्ग फेरौं । नेपालको संविधान २०७२ ले मुलुकलाई संघीयतातर्फ रुपान्तर गरिसकेको छ । स्थानीय तह जस्तै गाउँपालिकादेखि नगर/महानगरपालिकाले आ–आफ्ना तहमा गर्नुपर्ने विकास प्रवद्र्धन, सेवा आदिको किटान भईसकेको अवस्था छ । अबका दिनहरुमा स्थानीय निकायले गर्नुपर्ने विभिन्न विकास कार्यहरुमध्ये कृषि पनि एक हुन् ।

स्थानीय तहबाटै कृषि विकासको लागि केहि गर्नु भनेको राम्रो कुरा हो । वास्तवमा गर्नुपर्ने पनि यहि हो जुन विगतका दिनहरुमा ध्यान पु¥याइएन् । परिणामस्वरुप, स्थानीयस्तरमा सजिलै उपलव्ध हुने कृषिका विभिन्न श्रोतहरुलाई नगदमा रुपान्तर गर्न सकिएन र स्थानीयस्तरमा रोजगगारीमूलक वातावरण सिर्जना गर्न नसकि विषेशगरि ग्रामिण युवाहरु विदेश पलायन हुन बाध्य भए ।

जे होस, संघीय संरचना लागु हुनाका साथसाथै स्थानीय तहमा पनि कृषिले स्थान पाएको छ । तर, यति हुँदाहुँदै पनि ढुक्क हुने अवस्था भने अझै पनि छैन । कारण, कृषि भनेको विषय कुरागर्दा जति सजिलो देखिन्छ त्यति सरल चाहि छैन्, चुनौतीहरु प्रसस्तै विद्यामान छन ।

चुनौतीहरुः
सुनिन्छ काठमाडौं महानगरपालिकामा कृषि क्षेत्रलाई प्रबद्र्धन गर्नकै लागि भनि कृषि मन्त्रालयबाट अधिकृतस्तरकै कर्मचारी समेत खटाईसकेको छ । तर अहिले पनि संघीय संरचनामा कृषिलाई कसरी अगाडी वढाउने भन्नेबारे कुनै ठोस खाका नै तयार भएको दखिएको छैन् । स्थानीय चुनाव सम्पन्न भई निर्वाचित जन प्रतिनिधिहरुले पद वहाली गरी ६÷७ महिना बितिसक्दा पनि कृषिको लागि भनि कुनै योजना तर्जुमा भएको जानकारी अहिलेसम्म कतैबाट आएको देखिदैँन ।

सर्वप्रथम, कृषि हेर्ने कर्मचारी व्यवस्थापनमा नै ठुलो चुनौती रहेको छ । सम्वन्धित मन्त्रालयवाटै मात्र कर्मचारी समायोजना गर्ने कि ? स्थानीय निकाय आफैँले व्यवस्थापन गर्ने कि ? वा दुवै तर्फबाट आवश्यकता हेरी नयाँ कर्मचारीको भर्ना गर्ने कि ? आदि इत्यादि विषयमा अझै टुङ्गो लागिसकेको अवस्था छैन् ।

कर्मचारी व्यवस्थापनमा जस्तै बजेट व्यवस्थापन कार्य पनि त्यतिकै चुनौतीपूर्ण छ । स्थानीय तहमा कृषि विकासको लागि आवश्यक बजेट व्यवस्थापन केन्द्रिय सरकारको मातहतमा रहने कि स्थानीय निकाय आफैँले व्यवस्था गर्ने भन्ने विषय पनि त्यतिकै अन्यौल छ । चालु आ.व. २०७४/७५ मा कृषि र पशुपन्छि मन्त्रालयले स्थानीय तहमा कृषि र पशुपन्छि विकासको लागि भनि पठाईएको अधिकांश बजेट रकम कृषि क्षेत्रबाहेक अन्य शीर्षकमा खर्च गरिएको र बजेटको दुरुपयोग भएको औंल्याईएको छ । तसर्थ, अब ती सम्वन्धित निकायहरुले आगामी बजेट निकासा गर्दा केहि वर्षको लागि सशर्त रुपमा मापदण्ड तोकेर मात्र स्थानीय निकायमा पठाउनुपर्ने सुझाव समेत दिईसकेको छ । यस अवस्थामा आगामी दिनहरुमा बजेट व्यवस्थापन कसरी चुस्त बनाउने भन्ने विषय पनि जटिल नै छ ।

अर्को चुनौती भनेको स्थानीय तहको जिम्मेवारी र अधिकारसँग आबद्ध छ । स्थानीय तहमा जिम्मेवारी (काम कर्तव्य) बारे त उल्लेख भएको छ तर अधिकारबारे प्रर्याप्त व्याख्या भएको पाईदैँन् । काठमाडौं महानगरको नवनिर्वाचित मेयरले ऐन मौकामा विभिन्न स्थान÷टेलेभिजन मार्फत दिने गरेको अभिव्यक्तिले पनि यहि कुरा पुष्टयाउन खोजेको देखिन्छ ।

यी भए स्थानीय तहमा प्रत्यक्ष देखिने कृषि क्षेत्रसँग आबद्ध केहि प्रमुख चुनौतीका उदाहरणहरु । तर, चुनौतीका बाबजुद स्थानीय तहमा कृषि विकासको लागि प्रचुर अवसरहरु पनि छन् ।

सबैभन्दा पहिला त स्थानीय तहलाई कृषि विकासको जिम्मा दिनु भनेकै कृषि विकासको लागि ठूलो अवसर मान्न सकिन्छ । यो भनेको केन्द्रियकरणबाट विकेन्द्रिकरण तर्फ लैजानको लागि नयाँ आयाम हो । स्थानीय तहलाई कृषि प्रवद्र्धनको जिम्मा दिँदा स्थानीयस्तरमा उपलव्ध विभिन्न कृषि तथा कृषिजन्य वस्तुहरुको नजिकैबाट पहिचान गर्न सजिलो हुन्छ । यसरी स्थानीयस्तरमा पाउने पहिचानसहितको कृषि वस्तुहरुलाई स्थानीय वासिन्दाहरुको प्रत्यक्ष एवं प्रभावकारी सहभागितामा उत्पादन, बजार तथा कृषि उद्यम प्रबद्र्धन गर्न सक्ने प्रबल अवसर छ ।

हाम्रो देशमा विद्यमान भौगालिक विविधताका कारण विभिन्न स्थानमा विभिन्न कृषि तथा कृषिजन्य वस्तुहरुको विकास गर्न सक्ने सम्भव छ । हावापानी अनुसार कुनै ठाउँमा अन्नवालीको त कुनै ठाउँमा दलहन तेलहन वस्तुको, कुनै ठाउँमा फलफुलको त कुनै ठाउँमा तरकारीको, कुनै ठाउँमा पशुपंक्षीको त अर्को ठाउँमा माछा मासुको, कुनै ठाउँमा महको त कुनै ठाउँमा दुध तथा दुधजन्य वस्तु केहि न केहि वस्तु उत्पादन नहुने ठाउँ नै छैन हाम्रो देशमा । स्थानीय निकायले यस प्रकारको प्राकृतिक वरदानलाई सजिलै अवसरको रुपमा रुपान्तर गर्न सकिन्छ ।

अब गर्नुपर्ने के त ?
भर्खर–भर्खर मात्र शुरु भएको स्थानीय संरचनामा स्थानीयस्तरमा कृषि भनेको एउटा नौलो आयाम नै हो भन्नुपर्दा अतियुक्ति नहोला । कार्य चुनौतीपूर्ण पनि छ तर अवसरको पनि कमि छैन । तसर्थ, चुनौतीलाई सामना गर्दै अवसरहरुको सदुपयोग गर्दै अगाडि बढ्नुको विकल्प नै छैन् ।

सबभन्दा पहिला, स्थानीय संरचनाको आधार मानिने वडास्तरबाटै आफ्नो स्थानीय तहमा कुन कृषि वस्तुको विस्तार गरे परिणमामूखी हुन्छ भन्नेबारे निक्र्यौल गर्नुप¥यो र स्पष्ट अवधारणा बनाई अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुप¥यो । वडास्तरबाट तयार गरेको योजनालाई माथिल्लो स्थानीय निकायले विषयवस्तुसँग सम्वन्धित विज्ञहरुको रोहवरमा तथ्याङ्कको आधारमा अनुमोदन गर्नु पर्छ ।

सकेसम्म योजना स्विकृतिको लागि अन्य माथिल्लो तहमा नपठाए वेश होला । किनभने जति लामो प्रकृया हुन्छ त्यति नै कार्यान्वयन पक्ष फितलो हुँदै जान्छ । यो हामीले आजसम्म भोग्दै आईरहेका तितो अनुभव नै हो । बजेटको सन्दर्भमा आफ्नै श्रोत साधनले भ्याएसम्म स्थानीय निकायले नै व्यहोर्नेे, नभ्याउने हकमा नपुग रकमको लागि मात्र केन्द्रिय निकायले केहि समयको लागि सहयोग गर्दा उचित होला । यसका लागि आवश्यक नीति नियम निर्देशिका आदि बन्नु जरुरी छ ।

कर्मचारी व्यवस्थापनको सन्दर्भमा सम्वन्धित मन्त्रालय वा स्थानीय निकाय वा दुवैले कहाँबाट कति भन्ने स्पष्ट हुनुपर्छ । कृषि भनेको सेवामूलक व्यवसाय हुनाले प्राविधिक कर्मचारीलाई विषेश प्राथमिकता दिनुपर्छ ता कि प्रत्येक किसानले आवश्यक परेको बेलामा तत्काल सेवा तथा प्रविधि प्राप्त गर्न सकोस् । नीति निर्माण आदि विषयको लागि केन्द्रियस्तरमा एउटा विज्ञहरुको (थिंक टाँयक) टोली भईदिए राम्रो होला ।

आगामी दिनहरुमा केन्द्रबाट पठाउने वजेट सशर्त पठाउने भन्ने बहस चल्दै गर्दा अबको संघीय संरचनामा केन्द्रिय सरकारबाट यस्तो अंकुश लगाउने कार्य हुनुहुदैँन् । अंकुश लाग्ने कार्य परिणाममूखी हुन सक्तैन । तर, निशर्त भन्दैमा कार्यान्वयन पक्षले पनि जथाभावी बजेट दुरुपयोग गर्न चाहि हुँदैन । यदि, बजेट दुरुपयोग भएको प्रमाणित भएमा कानुनी दायरामा ल्याउनुपर्छ ।

आजसम्म नेपालमा धेरै आयोजनाहरु सञ्चालन भईसकेका छन् । तर, त्यसको प्रतिफल भने जनताले चाहे अनुरुप आएन । अबको संघीयतामा यस्तो नहोस्, कृषिले साँच्चीकै काँचुली फेरोस् । अब फेरी ‘आयोजनाको नाममा आयोजना’ जस्ता काम दोहरिनुभएन । आयोजना थोरै किन नहोस् तर ठोस र परिणाममूखी हुनुप¥यो ।

स्थानीयस्तरमा कृषि कार्य गर्दैगर्दा स्थानीय किसान÷बौद्धिक व्यक्तित्वहरुको सहभागि महत्वपूर्ण रहन्छ । विगतमा यस्तो सहभागिताको लागि कमै मात्र अभ्यास गरिएको कारण कतिपय आयोजनाहरुको परिमाण शुन्य प्रायः भएको छ । अबको स्थानीय तहमा कृषि आयोजना तर्जुमा गर्दा स्थानीय किसानहरुको उचित माग र बौद्धिक समूहको सुझावहरुलाई गम्भिरतापूर्वक सम्वोधन हुनैपर्छ । योजना तर्जुमा गर्दा पुराना तथा सम्भावित नयाँ किसानहरु आकर्षित हुने खालको नीपित अबलम्वन गर्नुपर्छ । कुनै पनि किसान राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित हुन नपरोस् । अनि मात्र संघीयताको आभास महशुस हुन सक्छ ।

जबसम्म कृषि कार्यक्रम किसानमूखी हुँदैन तबसम्म कृषि क्षेत्र उभो लाग्नै सक्दैन् । तसर्थ योजना कालमै स्थानीय तहमा प्राप्त कृषि संगत श्रोत र साधनको पहिचान गरि त्यसको सहि परिचालन गर्न सकियो भने मात्र कृषिले गति लिन सक्छ । हाल शहरीकरणमा तिब्रता आएको कारण खेतीयोग्य भूमि दिनहुँ जस्तो ह्रास भई कंक्रिट भवन तथा आवास क्षेत्रमा परिणत हुँदै गईरहेको अवस्था छ । यस परिस्थितिले भूमि सम्वन्धि नयाँ नियमको आवश्यकता पनि औंल्याईएको छ ।

विशेषगरी शहरी क्षेत्रहरुमा धान, गहुँ, मकै खेतीभन्दा पनि थोरै जमिनमा पनि उत्पादन गर्न सक्ने खालका उच्च मूल्यका कृषिवस्तु उत्पादन गर्दा बुद्धिमता देखिन्छ । उच्च उत्पादन दर भएका बाली पहिचान गरि खेती गर्दा राम्रो हुने छ । यसका लागि सम्वन्धित स्थानीय निकायहरुले नयाँ प्रविधि, उन्नत जातका बिउविजन, जैविक तथा रासायनिक मल, कृषि औजार, सिंचाई आदिको व्यव्स्थापनमा समेत ध्यान पु¥याउनु जरुरी छ ।

उत्पादनका साथै कृषि बजारको पनि सँगसँगै विकास गर्दै जानुपर्छ । बेला–बेलामा काठमाडौं उपत्यकामा कहिले आलु त कहिले प्याज, कहिले लसुल त कहिले गोलभेडा अभाव भईरहने यथास्थिति त हामीले भोगेर आएकै सत्य हुन् । अभावकै कारण दैनिक उपभोग्य कृषिवस्तु चर्को मूल्यमा खानुपर्ने बाध्यता पनि यथार्थ नै हुन् । यी सब कमजोर आपूर्ति अवस्थाकै कारण हुन् । यस्ता समस्याहरुबाट जोगिन/जोगाउन अबका दिनहरुमा स्थानीय निकायहरुले बेलैमा भण्डारण भवनहरु समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

खेतीबाहेक कृषि उद्यम विकास आजको महत्वपूर्ण आवश्यकता हो । स्थानीयस्तरमै कृषि उद्यमीहरु उत्पादन गर्न स्थानीय निकायहरुले विषेश पहल गर्नुपर्छ । यसले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको मूल्य अभिवृद्धि हुन जाने र स्थानीयवासीले रोजगारी पनि पाउने निर्विवाद छ । स्थानीयस्तरमा साना, मझौला तथा ठूल–ठूला जाम, जेली, जुस, केचप, वाईन, ब्राण्डि, दुग्धजन्य पदार्थ आदि जे जस्ता उद्योग स्थापना गर्न सकिन्छ, ती उद्योगहरु स्थापनाका लागि स्थानीय निकाय तत्काल लाग्नुपर्ने छ । साथै स्थानीय किसान तथा कृषि उद्यमीहरुलाई विषयवस्तुसँग सम्वन्धित प्राविधिक तालिम निरन्तर रुपमा दिईरहनुपर्छ ।

अन्तमा, कृषिको लागि स्थानीय निकायहरुले गर्नुपर्ने काम अनगिन्ति छन् साथै चुनौतीहरु पनि त्यतिकै तड्कारो छन् । तर चुनौतीलाई मात्र हेरी ट्वाँ परि बसिरहने हो भने कुनै कुरा पनि उभो लाग्नेवाला छैन् । कृषि वस्तुहरुको हालको परनिर्भरता अवस्थाबाट आत्मनिर्भरतातर्फ रुपान्तरण गर्न ढिला भईसकेको छ । अहिले पनि मुकदर्शककै रुपमा रहिरहने हो भने अझ यो भन्दा पनि विकराल संकट नआउला भन्न सकिन्न । तसर्थ, अबका दिनहरुमा स्थानीय निकायहरुले चुनौतीको सामना गर्दै अवसरहरुको सदुपयोग गर्दै आ–आफ्नो क्षेत्रहरुमा कृषिको प्रबद्र्धन कार्यमा मन, वचन र कर्मले काम गर्दै जाने हो भने आगामी दिनहरुमा कृषिले काँचुली नफेर्ला भन्न सक्दैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा
जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा
वृद्ध भत्ता पाँच हजार!
वृद्ध भत्ता पाँच हजार!
भारतीय र नेपाली रकमसहित तीन जना पक्राउ
भारतीय र नेपाली रकमसहित तीन जना पक्राउ
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !
सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !
फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाल
फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाल

तपाईंले छुटाउनुभयो कि?