प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना

सारांश

  • काठमाडौं, १८ फागुन – मुख्यमन्त्री लालबाबु राउत गृहनगर वीरगन्जमै रहेको बेला बुधबार राति वीरगन्जमा एक सर्वसाधारणको हत्या प्रयासका लागि गोली चलेको छ ।
  • सुरक्षा व्यवस्था मजबुद रहेको जिल्ला प्रहरी कार्यालय तथा भारतीय महावाणिज्य दूतावास छेउमा गोली चलेको हो ।
  • आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौं, १८ फागुन – मुख्यमन्त्री लालबाबु राउत गृहनगर वीरगन्जमै रहेको बेला बुधबार राति वीरगन्जमा एक सर्वसाधारणको हत्या प्रयासका लागि गोली चलेको छ । सुरक्षा व्यवस्था मजबुद रहेको जिल्ला प्रहरी कार्यालय तथा भारतीय महावाणिज्य दूतावास छेउमा गोली चलेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

पर्साको विन्दवासिनी गाउँपालिका–३ झौंवागुठीका अरविन्द र ३५ वर्षीय उमेश चौरसिया (भीम) माथि बुधबार राति गोली प्रहार भएको हो । उनी वीरगन्ज महानगरपालिका–१३ मा बस्दै आएका थिए । उनकै पत्नी प्रियंका चौरसिया र उनकी प्रेमी बारा परवानीपुर गाउँपालिका–१ का २४ वर्षीय बिकेन्द्रकुमार गुप्ताले मार्ने उद्देश्यले गोली प्रहार गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश रेग्मीले बताए ।

उमेशलाई आफ्नो नयाँ बन्दै गरेको घरको करिब ५० मिटर पूर्वमा मोटरसाइकलमा चढी आएका २ अज्ञात व्यक्तिले राति करिब साढे ९ बजे गोली प्रहार गरी भागेका थिए । उमेशलाई उपचारार्थ नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको सिफारिसमा राति थप उपचारका लागि राजधानीको नर्भिक अस्पतालमा पुर्याइएको छ । उमेशको शरीरमा रहेको गोलीको घाउमा छर्रा प्रयोग भएको बाहिरबाटै देखिने र दाहिने कोखाभित्र प्रशस्त छर्राहरू रहेको एक्सरे रिपोर्टबाट देखिएको छ । हाल उनको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा। गणेश रेग्मीले बताए । डीएसपी रेग्मीका अनुसार घटनाको मुख्य कारण विवाहेत्तर प्रेम सम्बन्ध हो । यो घटनामा पत्नीले आफ्नै पतिलाई मार्न प्रेमीसँग मिलेर पेसेवर सुटरलाई सुपारी दिएको रहस्य खुलेको उनले बताए ।
प्रहरीको सक्रियताको कारण घटना भएको ६ घण्टाभित्रै घटनामा संलग्न ४ अभियुक्तलाई पक्राउ गर्न सफलता मिलेको उनले बताए । ‘गोली हान्न प्रयोग गरिएका पेसेवर सुटरलाई पक्रन सीसीटीभी क्यामेरा र स्थानीय बासिन्दाको पनि सहयोग रह्यो,’ रेग्मीले भने, ‘४ मध्ये १ जनालाई राजधानीबाट पक्राउ गरी ल्याउन सफल भएका हौं ।’

कसरी भयो घटना ?
उमेश निरन्तर एक दशक वैदेशिक रोजगारीका लागि दुबई बसेका थिए । करिब ३ वर्षअघि प्रियंकासँग विवाह गरेका उमेश त्यसपछि पनि रोजगारीका लागि दुबई नै गए । उमेश हालै मात्र घर बनाउन भनी स्वदेश फर्केका हुन् । उनले वीरगन्जमा घर बनाउन थालेका थिए ।

उमेश परदेशमा हँुदा वीरगन्जमा बसेर अनमी पढ्दै गरेकी उनकी पत्नी प्रियंका र वीरगन्जकै अपोलो ट्रमा सेन्टरमा सीएमए पदमा कार्यरत बिकेन्द्रकुमार गुप्ताबीच प्रेम सम्बन्ध झांगियो । दुवैले आपसी सरसल्लाहबाट उमेशलाई मार्ने र त्यसपछि प्रेम विवाह गरी बस्ने योजना बनाए । उमेशको हत्या गर्न उनीहरूले बारा परवानीपुर गाउँपालिका १ का २७ वर्षीय मनोज गुप्तालाई २५ हजार रुपैयाँ सुपारी दिए । गुप्ताले उक्त रकमबाट ९हाल अनुसन्धानका लागि नाम गोप्य राखिएको० एक व्यक्तिबाट ११ हजार रुपैयाँमा १२ बोरको बन्दुकको गोली र त्यसका लाग्ने १ राउन्ड गोलीसहितको कटुवा पेस्तोल खरिद गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?