सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग

सारांश

  • पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ मा रहेको सत्यता वचत तथा ऋण सहकारी सस्थाले आफनो चौथो स्थापना दिवसको अवसर पारेर शिव शत्ति आधारभुत विद्यालय र लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेको छ ।
  •   सहकारीका सात शिध्यान्त अन्तरगतको सामाजिक उत्तर दाईत्वलाई आत्मसाथ गर्दै मंगलवार सहकारीले वडा नं २६ को सिलिङगेमा रहेको शिव शत्ति आधारभुत विद्यालयका विद्यार्थीहरुको खाजा कार्यक्रमका लागि खाद्यान्न र लेखनाथ पत्रकार मञ्चले अगाडी सारेको पत्रकारीता कल्याण कोषको अक्षयकोषमा पाँच हजार आर्थीक सहयोग गरेको हो ।
  •   सहयोग हस्तान्त्रण समारोहमा बोल्दै सहकारीका सल्लाहकार नरभुपाल पौडेले सहकारीले आर्थीक उपार्जनका लागि मात्र नभई सामाजीक क्षेत्रमा पनि सहयोग गर्छ भन्ने यो नै दरिलो उदाहरण भएको धारणा राखेका थिए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ मा रहेको सत्यता वचत तथा ऋण सहकारी सस्थाले आफनो चौथो स्थापना दिवसको अवसर पारेर शिव शत्ति आधारभुत विद्यालय र लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेको छ ।

 
सहकारीका सात शिध्यान्त अन्तरगतको सामाजिक उत्तर दाईत्वलाई आत्मसाथ गर्दै मंगलवार सहकारीले वडा नं २६ को सिलिङगेमा रहेको शिव शत्ति आधारभुत विद्यालयका विद्यार्थीहरुको खाजा कार्यक्रमका लागि खाद्यान्न र लेखनाथ पत्रकार मञ्चले अगाडी सारेको पत्रकारीता कल्याण कोषको अक्षयकोषमा पाँच हजार आर्थीक सहयोग गरेको हो ।

 
सहयोग हस्तान्त्रण समारोहमा बोल्दै सहकारीका सल्लाहकार नरभुपाल पौडेले सहकारीले आर्थीक उपार्जनका लागि मात्र नभई सामाजीक क्षेत्रमा पनि सहयोग गर्छ भन्ने यो नै दरिलो उदाहरण भएको धारणा राखेका थिए ।

 
शिव शत्ति आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा सहकारीका अध्यक्ष लगाएतको टिमले विद्यालयका प्रधानाध्यापक मनोहरी भण्डारीलाई खाद्यय सामाग्री र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल र कोषाध्यक्ष सन्दिप पौडेललाई पाँच हजार वरावरको चेक हस्तान्त्रण गरेका थिए ।

 
सहकारीका ऋण समिति सदस्य पुष्पराज बरालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा सस्थाका सल्लाहकार सोमनाथ अधिकारीले सस्थाको गतिविधी र प्रधानाध्यापक मनोहरी भण्डारीले विद्यालयको वस्तु स्थीति र भावी योजनाका बारेमा जानकारी गराएको सो कार्यक्रमको संचालन अध्यक्ष खड्क वहादुर रानाभाटले गरेका थिए ।

 
विद्यार्थी सख्या दिन प्रतिदिन घट्दै जादाँ सात जना सम्म विद्यार्थी भएको उक्त विद्यालयमा अहिले खाजाँ कार्यक्रम सहित अग्रेजी माध्ममा पठन पाठन सुरु गरेपछि विद्यार्थी संख्या वढेर एक सय २० पुगेका छन् ।

 
यता लेखनाथ पत्रकार मञ्चले पत्रकारीता कल्याण कोषका लागि अगाडी सारेको अक्षयकोष निर्माणको अभियानमा सहयोग आउने क्रम जारी रहेको र पछिल्लो समयमा लेखापढि ब्यवसायि समिति पोखरा,क्षत्र शक्ति वचत तथा ऋण सहकारी सस्था र सैनिक वस्थी ग्रुप नं १ ले सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?