रु एघार अर्बको व्यापार घाटा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
४५ पटक हेरिएको
Shares
रु एघार अर्बको व्यापार घाटा

सारांश

  • विराटनगर, १२ असोज  ः विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ ।
  • यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलपूmल र कृषिजन्य वस्तु रु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार भित्रिएको छ भने भारततर्फ रु तीन अर्ब २६ करोड १२ लाख २४ हजारका कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।
  • सो अनुरुप भारतबाट आयात हुने कृषिजन्य वस्तुमा रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो ।

विराटनगर, १२ असोज  ः विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ ।

यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलपूmल र कृषिजन्य वस्तु रु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार भित्रिएको छ भने भारततर्फ रु तीन अर्ब २६ करोड १२ लाख २४ हजारका कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

सो अनुरुप भारतबाट आयात हुने कृषिजन्य वस्तुमा रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो । साथै रु तीन अर्ब ५७ करोड ६५ लाख ४५ हजारका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन् ।

सोमध्ये सबैभन्दा बढी रु एक अर्ब १० करोड १० लाख ७७ हजार मूल्यको ३७ हजार ९६८ मेट्रिक टन प्याज भित्रिएको हो । सोही अवधिमा रु एक अर्ब ६ करोड ९३ लाख ९७ हजार मूल्य बराबरको ५३ हजार ४७० मेट्रिक टन आलु र तेलहन पदार्थका रुपमा रु ५८ करोड ३८ लाख २५ हजार मूल्य बराबरको नौ हजार १२२ मेट्रिक टन सूर्यमुखी, रु २५ करोड ५९ लाख ८३ हजार मूल्य बराबरको पाँच हजार ३३३ मेट्रिक टन तोरी, रु १४ करोड २८ लाख ४६ हजार मूल्य बराबरको तीन हजार ३२२ मेट्रिक टन भटमास र रु ४३ लाख ३२ हजार मूल्य बराबरको १०८ मेट्रिक टन तील भित्रिएका छन् ।

सोही अनुरुप रु १५ करोड ३१ हजार ५१ हजार मूल्य बराबरको एक हजार ९२४ मेट्रिक टन लसुन, रु १३ करोड ९९ लाख २६ हजार मूल्य बराबरको १३ हजार ९९३ मेट्रिक टन विभिन्न प्रकारका तरकारी, रु ९७ लाख २० हजार मूल्य बराबरको ६४८ मेट्रिक टन अदुवा, रु सात करोड ८० हजार मूल्य बराबरको ३५४ मेट्रिक टन मरिच, रु दुई करोड २७ लाख ९८ हजार मूल्य बराबरको ४७५ मेट्रिक टन धनिया र रु एक करोड ८३ लाख ७० हजार मूल्य बराबरको विभिन्न प्रकारका मसाला भित्रिएका छन् ।

सोही अवधिमा रु एक अर्ब ९३ करोड २१ लाख ७७ हजार मूल्य बराबरको विभिन्न प्रकारका फलपूmल भित्रिएको छ । तीमध्ये रु ७५ करोड १८ लाख ७३ हजार मूल्य बराबरको स्याउ, रु ३३ करोड ७० लाख ३१ हजार मूल्य बराबरको अनार, रु २२ करोड ६७ लाख ८५ हजार मूल्य बराबरको अङ्गुर, रु सात करोड १० लाख २१ हजार मूल्य बराबरको कागती, रु आठ करोड ६१ लाख १० हजार मूल्य बराबरको आँप, रु ३९ करोड ७५ लाख ३२ हजार मूल्य बराबरको सुपारी, रु एक करोड ३३ लाख ८६ हजार मूल्य बराबरको तरबुज र रु एक करोड ८५ लाख ३५ हजार मूल्य बराबरका सुन्तला भित्रिएका छन् भने यसका साथै लिची, मौसमी लगायतका फलपूmल भित्रिएको सो कार्यालयले जनाएको छ ।

विराटनगर नाका भएर भारततर्फ रु तीन अर्बभन्दा बढी मूल्यको कृषिजन्य तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा रु तीन अर्ब २६ करोड १२ लाख २४ हजार मूल्य बराबरका कृषिजन्य र जडीबुटी निर्यात भएको हो । सोमध्ये सबैभन्दा बढी रु दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार मूल्य बराबर तीन हजार ८१४ मेट्रिक टन अलैँची र सबैभन्दा कम रु ६ लाख ३३ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुपाडी निर्यात भएको थियोे ।

त्यसैगरी, रु ४२ करोड ३४ लाख ११ हजार मूल्य बराबरको २३ हजार ५२३ मेट्रिक टन पिना, रु एक करोड ३३ लाख ४३ हजार मूल्य बराबरको बन्दाकाउली, रु ९६ लाख २० हजार मूल्य बराबरको ६४२ मेट्रिक टन फ्रेस अदुवा र रु दुई करोड ४२ लाख ९२ हजार मूल्य बराबरको एक हजार ६१९ मेट्रिक टन कुचो निर्यात भएको जनाएको छ ।

सोही अनुरुप, रु एक करोड ६ लाख ४८ हजार मूल्य बराबरको १९४ मेट्रिक टन लिनसिड, रु तीन करोड ६६ लाख ८९ हजार मूल्य बराबरको ६५५ मेट्रिक टन तेजपात र रु पाँच करोड ८७ लाख ३९ हजार मूल्य बराबरको ३२५ मेट्रिक टन चिया निर्यात भएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै, रु ८८ लाख १८ हजार मूल्य बराबरको ५८८ मेट्रिक टन रुद्राक्ष, रु ४७ लाख ३७ हजार मूल्य बराबरको ३३ मेट्रिक टन चिराइतो र रु ६४ लाख ७० हजार मूल्य बराबरको १९ मेट्रिक टन मजिठो निर्यात भएको छ । साथै नेपालबाट भारततर्फ जटामासी, टिम्बुर, सताबरी, काइयोफुल, वनलसुन लगायतका जडीबुटी निर्यात भएका छन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण
कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण
भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
आज पोखरामा बैठक , नेपालका प्रस्तावमा भारत सकारात्मक
आज पोखरामा बैठक , नेपालका प्रस्तावमा भारत सकारात्मक
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
छक्कापञ्ज टिमले दियो दिपाश्रीलाई गाडी उपहार !!
छक्कापञ्ज टिमले दियो दिपाश्रीलाई गाडी उपहार !!
BMW sedan catches fire amid safety concerns over German brand!
BMW sedan catches fire amid safety concerns over German brand!
प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्ने
प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्ने
१८औँ एसियन गेम्सका लागि फुटबलतर्फ २० सदस्यीय टोली, काे काे परे ?