‘ए’ डिभिजन लिग फुटबल: सातदोबाटो युथ क्लब शीर्षस्थानमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २, २०७९
|
|
४४ पटक हेरिएको
Shares
‘ए’ डिभिजन लिग फुटबल: सातदोबाटो युथ क्लब शीर्षस्थानमा

सारांश

  • काठमाडौँ ।
  • सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
  • च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो ।

काठमाडौँ । सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे ।

यता खुमलटारका लागि राजीव लोप्चनले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सर्डोरबेकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए । खेलको २५औँ मिनेटमा दीपकले गोल गर्दा सातदोबाटो २–० ले अघि रह्यो । त्यसपछि खेलको ६३औँ मिनेटमा खुमलटारका राजीवले एक गोल फर्काए पनि सातदोबाटो विजयी भयो ।

सातदोबाटोले पाँच खेलमा १२ अङ्क जोडेको छ । समान पाँच खेल नै खेलेको खुमलटारको छ अङ्क छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
नरपानीमा कार दुर्घटना तीनको मृत्यु, दुई घाइते
नरपानीमा कार दुर्घटना तीनको मृत्यु, दुई घाइते
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुईको मृत्यु, सय जना घाइते
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुईको मृत्यु, सय जना घाइते
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
कुलेखानी बाँधको ढोका नखोलिने
कुलेखानी बाँधको ढोका नखोलिने
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता
नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता