पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
सारांश
- काठमाडौं ।
- आजदेखि पिपुल्स पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
- सर्वसाधरणले भदौ ५ गतेसम्म आइपिओ भर्न सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । आजदेखि पिपुल्स पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। सर्वसाधरणले भदौ ५ गतेसम्म आइपिओ भर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ जारी गरेको हो। योमध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया