ओखलढुँगामा रामहरि भन्दा सुनुवारको अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३६ पटक हेरिएको
Shares
ओखलढुँगामा रामहरि भन्दा सुनुवारको अग्रता

सारांश

  • ओखलढुंगा – प्रतिनिधिसभातर्फ लिखु गाँउपालिकाको चार वडाको मत गनिसक्दा  एमालेका यज्ञराज सुनुवारले अग्रता लिएका छन् ।
  • हालसम्म ३ हजार ४ सय ४५ मत गणना भैसकेको छ ।
  • पछिल्लो पटक सार्वजनिक भएको परिणाम अनुसार बाम गठबन्धनका उम्मेद्वार  यज्ञराज सुनुवारले २ हजार ७७ मत प्राप्त गरेका छन् ।

ओखलढुंगा – प्रतिनिधिसभातर्फ लिखु गाँउपालिकाको चार वडाको मत गनिसक्दा  एमालेका यज्ञराज सुनुवारले अग्रता लिएका छन् । हालसम्म ३ हजार ४ सय ४५ मत गणना भैसकेको छ ।

पछिल्लो पटक सार्वजनिक भएको परिणाम अनुसार बाम गठबन्धनका उम्मेद्वार  यज्ञराज सुनुवारले २ हजार ७७ मत प्राप्त गरेका छन् । त्यस्तै काङ्ग्रेसका रामहरि खतिवडाले ९ सय ९३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म प्रतिनिधिसभातर्फ लिखु गाँउपालिकाका सि‌हदेवी टारकेरावारी र पोकली गरी चारओटा वडाहरुको मतगणना कार्य सकिएको छ । त्यस्तै प्रदेश सभातर्फ चिश‍खुगढी गाँउपालिकाको मतगणना सुरु भएको छ ।

 

पछिल्लो पटक सार्वजनिक प्रदेश सभाको मत अनुसार एमालेले ९ सय ५६ र नेपाली काङ्ग्रेसले ४ सय ५५ मत प्राप्त गरेको छ । गणना भैरहेको दुवै स्थानमा अन्य सानादलहरुले पनि खाता खोलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?