कहाँ चुक्दैछ पाँचखाल नगरपालिका
सारांश
- विजय अधिकारी “विराट”/काभ्रे पानी जीवन हो , पानी विनाको जिवनको परिकल्पना हुन सक्दैन , पाँचखाल नगरपालिका र यसका अान्तरिक पानिका श्रोत के हुन त ?
- पाँचखालको पानी यहाँको खानेपानी र सिंचाईमा पर्याप्त छ छैन ?
- यहाँका पानिका श्रोत तथा तिनिहरुको संरक्षण भएको छ छैन ?
विजय अधिकारी “विराट”/काभ्रे
पानी जीवन हो , पानी विनाको जिवनको परिकल्पना हुन सक्दैन , पाँचखाल नगरपालिका र यसका अान्तरिक पानिका श्रोत के हुन त ? पाँचखालको पानी यहाँको खानेपानी र सिंचाईमा पर्याप्त छ छैन ? यहाँका पानिका श्रोत तथा तिनिहरुको संरक्षण भएको छ छैन ? पाँचखालको पानीको समस्या तथा सामाधान हरु के हुन सक्छन त ? “पाँचखाल र पानी” पाँचखाल शहर कृषि नगर भनेर नामाकरण गरिएको पाँचखालको पानीको विषयमा चर्चा नगर्नु गलत हुन्छ ।
पाँचखालको अान्तरिक पानिको श्रोत भनेको झिगुखोला र यसका साखा खोलाहरु र तिनिहरुको मुहान नै हुन । पाँचखालको अान्तरिक पानीको मुहान पाँचखालका अलावा नमोबुद्ध , धुलिखेल , बनेपाका साथै मण्डनदेउपुर नगरपालिका समेत पर्ने गर्दछ ।
अब हामी चर्चा गरौं मुहान संरक्षण तथा जलप्रदुशण नियन्त्रणको ; पाँचखालको पानिको मुहान अाफ्नै नगरपालिका भित्र मात्रै नभई अन्य नगरपालिकामा समेत रहेको सर्वविद्वितै छ । विशेषगरी झिगुखोला , डाँफेखोलाका मुहानहरु धुलिखेल , नमोबुद्ध र बनेपा नगरपालिकामै पर्दछन । नमोबुद्ध , धुलिखेल र बनेपा नगरपालिकाको उत्तरपुर्वि पहाडदेखि बग्ने पानी ढलो पाँचखालको झिगुखोलामा मिसिदै जाने हुँदा यसलाई “झिगु पानी ढलो” भन्दा फरक नपर्ला ।
यहि कारण पाँचखालको पानीको मुहान संरक्षणका साथै जलप्रदुशण नियन्त्रण गर्नका लागि पाँचखाल नगरपालिकाको निजी प्रयाशमा मात्रै सम्भब हुनेछैन । पाँचखाल नगरपालिकाले जलप्रदुशण नियन्त्रण तथा मुहान संरक्षणका लागि उल्लेखित नगरपालिकाहरु सँग छलफल तथा सहकार्य गरि अगाडि बढ्नुको विकल्प छैन ।
पछिल्लो समय पाँचखालका अाम बुद्धिजीवी माझ चर्चामा रहेको विषय भनेको पाँचखालको जलवायु प्रदुषण तथा यसको अाम जनजिवनमा परेको असरनै हो , नगरपालिकाको एकमात्र बग्ने पानिको नेटवर्क झिगुखोला र यसको घट्दो पानिको बहाव , यसको प्रदुषण र त्यसका कारण पाँचखालबासिमा हुनसक्ने विभिन्न प्राणघातक रोगहरुको संक्रमणको खतरा नै हो । जुन जायज पनि छ ।
पाँचखाल नगरपालिकाको झिगु पानिढलोमा १ दशक भन्दा अघिदेखिनै धुलिखेल नगरपालिकाले अव्यवस्थित ढंगबाट फोहोर फ्याँक्दै अाएको छ ।
धुलिखेल काभ्रेको पर्यटकिय नगरि हो , नेपालकै पर्यटनको केन्द्रहरु मध्ये एक महत्त्वपूर्ण शहर ।धुलिखेल नगरपालिकाको शुन्दरता र सरसफाइका कारण यहाँ विश्वभरबाट पर्यटक हरु अाउने गर्दछन ।
धुलिखेल नगरपालिकाले “झिगु पानी ढलो” मा अव्यवस्थित फोहोर फ्याँक्नाले गर्दा त्यस्को प्रत्यक्ष प्रभाव स्वरुप धुलिखेलद्वारा डम्पिङ भएको फोहोर अाज पाँचखालका किसानहरुका खेत खेतमा पुगेका छन । झिगुखोलाबाट राजकुलो हुँदै किसानहरुले खेतीमा पानी मात्रै हैन धुलिखेलको फोहोर र ढल समेत लगाउन बाध्य छन । यसले यहाँको कृषि जन्य उत्पादनमा ह्रास अाएको छ भने अव्यवस्थित डम्प भएका विभित्र रसायनजन्य फोहोरहरु खेतीमा अाईपुग्दा त्यसले यहाँको वातावरण तथा पर्यावरणमा गम्भीर संकट पैदा गरेको छ ।
यसै सन्दर्भमा यहाँका एकजना किसान सँग खेती कस्तो छ त बा भनी प्रश्न गर्दा उहाँको जवाफ थियो : “खेती गज्जब छ बाबू , पहिलापहिला धान र अालु मात्रै नभई तरकारी पनि गज्जबले खेती गरिन्थ्यो , अहिले त धुलिखेलेको ढल मात्रै हैन , लुतो , ठेउला , क्यान्सर , खालि सिसि पुराना कागज , थोत्रे बोतल , अस्पतालको सिरिन्ज सबै खेती हुन्छ एकैसाथ !”
धुलिखेल नगरपालिकाले दैनिक संकलन गर्ने फोहोरका अलावा धुलिखेल हस्पिटलबाट निस्कने फोहोर हरु समेत “झिगु पानि ढलोमा” मिसाईने गरेको पाईएको छ । अस्पताल बाट निस्कने फोहोरहरु (medical waste ) , मानव अंगहरु र रसायनिक पदार्थको मिश्रणले गर्दा विभित्र प्रकारका घातक जिवाणुहरुद्वारा पाँचखालको मानवजीवन तथा अन्य जैविक/अजैविक तत्वहरुमा विभिन्न रोगका संक्रमणको खतरा रहेको छ ।
प्रतिक्रिया