ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/

सारांश

  • १४ भदौ, काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र संघको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
  • बैंककमा स्वास्थ्य उपचार गरी बुधबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई चरणमा चुनाव गर्नुपर्नाको औचित्य नदेखेको बताए ।

१४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र संघको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

बैंककमा स्वास्थ्य उपचार गरी बुधबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई चरणमा चुनाव गर्नुपर्नाको औचित्य नदेखेको बताए ।

ओलीका अनुसार निर्वाचन आयोगले सुरुमा निर्वाचन मिति मंसिर ४ र २१ गते दुई चरणमा गर्ने प्रस्ताव गरेको थियो । एमालेको सुझावपछि १० गते एकैचरणमा गर्ने निर्णय भएको थियो ।

‘मत पत्र छाप्ने लगायतको तयारीका लागि ४ गतेको चुनावलाई १० गते सारेपछि फेरि १० गतेको चुनाव २१ गतेलाई सार्नुपर्ने आवश्यकता हामी देख्दैनौं,’ ओलीले भने ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले १० गते र २१ गते दुई चरणमा चुनाव गराउने निर्णय गरेको छ । यसअघि १० गते एकै चरणमा प्रदेश र संघको चुनाव गराउने सरकारले निर्णय गरेको थियो ।

दुई चरणमा चुनाव गराउने विषयमा एमालेसँग सरकारले परामर्शसमेत नगरेको ओलीले गुनासो गरे ।

उनले निर्वाचनमा धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘भ्याइएन भने पनि जिम्मेवार राजनीतिक दलहरुसँग परामर्श गरेर जानुपर्छ र विश्वासको वातावरण बनाउनुपर्छ,’ ओलीले भने, ‘दुई चरणमा गर्नुपर्ने आवश्यकता मैले चाहिँ बुझेको छैन ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nam Bahadur Gharti

    jalle je jati sajinxa dhadali garnu parxa haina bhae rajneeti bata hat jhike hunxa…bhadyaxu

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?