चिसोबाट जोगाउन सहयोग गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
५० पटक हेरिएको
Shares
चिसोबाट जोगाउन सहयोग गरिने

सारांश

  • चिसोबाट बच्नका लागि जिल्लाका सातै स्थानीय तहका महिला, सीमान्तकृत वर्ग, गरिब, दलित, जनजाति, वृद्ध र बालबालिकालाई न्यानो कपडा तथा दाउरा वितरण गरिन लागिएको छ ।
  • प्रजिअ जनकराज पन्तका अनुसार चिसोबाट जोगाउन कपडा तथा दाउरा वितरण गरिन लागेको हो ।
  • त्यस्तै विभिन्न विपत्बाट बच्नका लागि सातै स्थानीय तहलाई उच्च सतर्कतामा रहनसमेत आग्रह गरिएको छ ।

चिसोबाट बच्नका लागि जिल्लाका सातै स्थानीय तहका महिला, सीमान्तकृत वर्ग, गरिब, दलित, जनजाति, वृद्ध र बालबालिकालाई न्यानो कपडा तथा दाउरा वितरण गरिन लागिएको छ । प्रजिअ जनकराज पन्तका अनुसार चिसोबाट जोगाउन कपडा तथा दाउरा वितरण गरिन लागेको हो ।

त्यस्तै विभिन्न विपत्बाट बच्नका लागि सातै स्थानीय तहलाई उच्च सतर्कतामा रहनसमेत आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजना बनाएर कार्यान्वयन गर्नसमेत आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजनाका लागि स्थानीय सरकारले बजेट विनियोजन नगरेका कारण समस्या भएको भन्दै तत्काल सो समस्या समाधान गर्न आग्रह गरिएको छ ।

त्यस्तै सातै स्थानीय तहमा एक÷एक हुनेगरी हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ । नाइटभिजन हेलिकोप्टर अवतरणका लागि बत्तीको व्यवस्थासहितका हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन नेपाली सेनाले तालीम दिने भएकाले सोका लागि आवश्यक सामग्री स्थानीय तहबाट उपलब्ध गराउन आग्रह गरिएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।

त्यस्तै विकास निर्माणका कामलाई तीव्रता दिनसमेत आग्रह गरिएको छ । जिल्लास्तरीय समन्वय बैठकबाट जिल्लाका सबै ठाउँमा सरकारी जग्गा अतिक्रमको तथ्याङ्क सङ्कलन गरी यथाशीघ्र बुझाउन आग्रह गरिएको छ । काम नगर्ने निर्माण व्यवसायीको नामावली सङ्कलन गर्नसमेत भनिएको छ ।

सात सब डिभिजन राख्न प्रस्ताव

जिल्लाका सबै स्थानीय तहमा सबडिभिजन राख्नका लागि कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा पत्र पठाइएको छ । मुख्यमन्त्री कार्यालयले सबडिभिजन घटाउन पठाएको पत्रका आधारमा बसेको बैठकले प्रत्येक स्थानीय तहमा एक÷एक हुनेगरी सबडिभिजन राख्न माग गर्दै मुख्यमन्त्री कार्यालयमा पत्र पठाइएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
नवराज सिलवाललाई फसाउने नाइकेहरूको खुलासा: यसरी बनेको रहेछ योजना
नवराज सिलवाललाई फसाउने नाइकेहरूको खुलासा: यसरी बनेको रहेछ योजना
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
ओलीलाई प्रचण्ड नम्बर एक अपराधी हो, सिध्याउनुपर्छ भन्ने लागेको छ;दाहाल
ओलीलाई प्रचण्ड नम्बर एक अपराधी हो, सिध्याउनुपर्छ भन्ने लागेको छ;दाहाल
भुस्याहा कुकुरको नाममा सकियो २ करोड
भुस्याहा कुकुरको नाममा सकियो २ करोड
पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल
पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल
दुईवटा ट्रक एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
दुईवटा ट्रक एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी
कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश