ओलीको नेतृत्वमा माघ ७ गतेभित्र नयाँ सरकार बन्छ : महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ओलीको नेतृत्वमा माघ ७ गतेभित्र नयाँ सरकार बन्छ : महेश बस्नेत

सारांश

  • काठमाडौं, ४ पुस ।
  • नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने स्पष्ट पारेका छन् ।
  • मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले अब पनि प्रधानमन्त्री को बन्छ भनेर बहस गर्नु भनेको गलत हुने भन्दै स्वभाविक रुपमा जनमत एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको पक्षमा आएकोले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे ।

काठमाडौं, ४ पुस । नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले अब पनि प्रधानमन्त्री को बन्छ भनेर बहस गर्नु भनेको गलत हुने भन्दै स्वभाविक रुपमा जनमत एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको पक्षमा आएकोले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे ।

उनले भने,‘वाम गठबन्धनबाट प्रधानमन्त्री को बन्छ ? भनेर प्रश्न गर्नु नै उचित छैन, ओली नै प्रधानमन्त्री हो, जनमतले त्यही भन्छ, उहाँको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले पार्टी एमाले–माओवादी केन्द्रवीचको एकताको विषयमा अहिले ठोस रुपमा छलफल नभएकोले सैद्धान्तिक रुपमा अध्यक्ष को भनेर अहिले नै भन्न नसिकने स्पष्ट पारे । बस्नेतले भने,‘अहिले एकताबारे सैद्धान्तिक रुपमा छलफल भएको छैन्, यस्तो अवस्थामा नेतृत्व कसले गर्ने भन्नेबारे बोल्नु सान्दर्भिक हुँदैन।’

उनले नेपाली कांग्रेसले नयाँ जनमतलाई सम्मान गर्नुपर्ने बताउँदै भने,‘निर्वाचन सम्पन्न भएको छ, मुलुकले नयाँ जनादेश प्राप्त गरेको छ, अहिले सरकारको नेतृत्व गरेको कांग्रेसले विभिन्न बहानामा जनमत स्विकार गर्न नचाहेको हो कि भन्ने देखिँदैछ, राष्ट्रिय सभाको निर्वाचनसम्बन्धीको अध्यादेशको विवाद र प्रदेश केन्द्र तोक्ने निर्णय भनेको नै जनमतप्रतिको बेवास्ता हो।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने समेत माँग गरे । उनले भने,‘अब पनि उहाँ सरकारमा बसिरहने होईन, तत्काल राजिनामा दिनुपर्छ, जे निर्णय गर्ने हो ताजा मत प्राप्त गरेकाहरुले गर्ने हो, जनताको चाहना भनेको राजनीतिक स्थिरता र विकास हो, अहिले त्यो दिशातर्फ उन्मुख रहेको बाम गठबन्धनलाई कसरी चलखेल गर्न सकिन्छ भनेर खेल खेल्न खोजेको आभाष भैरहेको छ, राजनीतिक तोडमोडको खेल खेल्नुहुँदैन।’

उनले कांग्रेसलाई अरुको घरमा खेल्नुभन्दा पनि आफ्नो कमजोरकिो बारेमा छलफल गर्न सुझाव दिए । उनले थपे,‘बरु कांग्रेसले सशक्त र सिर्जनशील प्रतिपक्षमा बस्नको लागि आफूलाई तयार गरे राम्रो हुन्छ।’

त्यस्तै उनले सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रिय सभासम्बन्धीको अध्यादेश जनमतको विपरित भएकोले अहिले अध्यादेश पेश गर्ने दलसँग बहुमत नभएको जिकिर गरे । उनले भने,‘एकल वा बहुमतीय के भन्नेबारे विवाद छ, हुन त मुलक यतिवेला विधिलेभन्दा पनि समझदारीले चल्दै आएको छ, यसमा कांग्रेसले धेरै बखेडा नगर्दा नै राम्रो हुन्छ।’रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    अज्जै १ महिना ३ दिन लाऊछ र काऊरेड ?

    Comment Author

    Ramesh Kumar

    Xito bannu paryo

    Comment Author

    Harisharan Budhathoki

    huncha kamrad huncha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?