सरकारले ७ हजार किसानको ऋणको साँवा, ब्याज तिरिदिने
सारांश
- काठमाडौं ।
- सरकारले साझा सहकारी संस्था, कृषि विकास बैंकबाट ऋण लिएका किसानको ऋण तिरिदिने भएको छ ।
- साना किसानले साझा सहकारी संस्थामार्फत ल्याएको ऋण मिनाहा गरिदिने भएको हो ।
काठमाडौं । सरकारले साझा सहकारी संस्था, कृषि विकास बैंकबाट ऋण लिएका किसानको ऋण तिरिदिने भएको छ । साना किसानले साझा सहकारी संस्थामार्फत ल्याएको ऋण मिनाहा गरिदिने भएको हो ।
मन्त्रिपरिषद्को वैठकले किसानको ऋण तिरिदिने निर्णय गरेको हो । सरकारले ऋण मिनाहा गरेसँगै करिब ७ हजार किसानले ऋणबाट मुक्ति पाउने भएका छन् ।
किसानले लिएको ऋणमा ब्याज १ अर्ब रुपैयाँ छ भने १९ करोड ३९ लाख रहेको बताइएको छ । साँवा बापतको रकम सरकारले कृषि विकास बैंक मार्फत तिरिदिनेछ ।
सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ऋण तिरिदिने बताएका हुन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले किसानले लिएको ऋणको साँवा, ब्याज सरकारले तिरिदिने घोषणा गरेका हुन् ।
किसानले लिएको ऋण (साँवा र ब्याज) अब सरकारले बैंकलाई तिर्नेछ। सरकारको यो निर्णयलाई सबैले प्रशंसा गरेका छन् ।
प्रतिक्रिया