स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
सारांश
- काठमाडौं।
- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउनु पर्ने प्रस्ताव गरेका छन्।
- आइतबार मन्त्रालयमा पत्रकार सममेलन गर्दै मन्त्री पौडेलले हाल १ लाख रुपैयाँ रहेको बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख पुर्याउने प्रस्ताव गरेका हुन्।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउनु पर्ने प्रस्ताव गरेका छन्।
आइतबार मन्त्रालयमा पत्रकार सममेलन गर्दै मन्त्री पौडेलले हाल १ लाख रुपैयाँ रहेको बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख पुर्याउने प्रस्ताव गरेका हुन्।
कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भएपनि स्वास्थ्य बीमाको रकम बढाउने उनको प्रस्ताव छ। त्यसै गरी मन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने पनि बताए।
अहिले दुई वटा प्रदेशमा मात्रै क्यान्सर उपचार सेवा संचालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने सरकारको तयारी रहेको मन्त्री पौडेलले जानकारी गराए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया