भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !

सारांश

  • काठमाडौं, १३ माघ ।
  •  छिट्टै धन कमाउने लोभमा परेर पछिल्लो समय ठगी गर्ने गिरोहका कारण धेरैलाई पिडित बनाएको छ ।
  • भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो भन्दै म्यासेजदेखि सरकारी जागिर र ठुला देश जाने सपना देख्नेहरुले लाखौं रुपैंया ठगलाई बुझाएका छन् ।

काठमाडौं, १३ माघ । छिट्टै धन कमाउने लोभमा परेर पछिल्लो समय ठगी गर्ने गिरोहका कारण धेरैलाई पिडित बनाएको छ । भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो भन्दै म्यासेजदेखि सरकारी जागिर र ठुला देश जाने सपना देख्नेहरुले लाखौं रुपैंया ठगलाई बुझाएका छन् ।

केहीदिन अघि काठमाडौंका एक युवकलाई दुवईबाट फोन आयो । फोनसँगै वित्तिय संस्थाहरुको नाममा २५ लाखको चेकको फोटो समेत आयो । त्यसपछि चिठ्ठामा परेको पैसा लिन बैंक शुल्क भन्दै पटक पटक गरेर ति युवकले ३ लाख बुझाए । तर २५ लाख त परको कुरा, फोन गर्ने मान्छे नै गायब भयो ।

फेसबुकमा चिनेकै भरमै बेलायती नागरिक बताउने एक व्यक्तिले पठाइदिएको एक करोड २५ लाख डलर लिने लोभमा दाङकी एक महिलाको उल्टै ५५ लाख गुमाइन्। यी त केही उदाहरण मात्रै हुन,पछिल्लो समय भाइबर , फेसबुक समाजिक संजालबाट चिठ्ठा तथा उपहार र जागीर लगाइदिने भन्दै म्यासेज पठाउने र शुल्कको नाममा ठगी गर्ने गिरोह नै सक्रिय छ ।

ठगहरुको गिरोहले अमेरिका र युरोप लगायतका मुलुक पठाउने भन्दै एउटै व्यक्तिबाट ४० लाख सम्म ठगेको पाइएको छ । अपराध महाशाखाको तथ्यााक अनुसार गत साउनबाट यता वैदेशिक रोजगारको बहानामा ९ वटा मुद्धामा दुइ करोड रुपैंया ठगिएको छ ।

प्रहरीकोमा दैनिक रुपमा २० भन्दाबढी उजुरी ठगीकै पर्ने गरेका छन् । त्यसैले नियम र कानुन विपरितका कुनै काम गरिदिने आश्वासन दिनेहरुको भरपर्दा ठगको चंगुलमा फस्न सकिन्छ भन्ने ख्याल गर्नु आवश्यक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?