बिहानीपख हुने यौन सम्बन्धका फाइदाहरू
सारांश
- काठमाडौं,३ मंसिर ।
- सेक्स हरेक प्राणीलाई आवश्यक चिज हो ।
- मानसिक तथा शारीरिक रुपमा आवश्यक सेक्सकाबारेमा अझै पनि खुलेर आफ्ना कुरा राख्ने मानिसहरु भेट्याउन गाह्रो छ ।
काठमाडौं,३ मंसिर । सेक्स हरेक प्राणीलाई आवश्यक चिज हो । मानसिक तथा शारीरिक रुपमा आवश्यक सेक्सकाबारेमा अझै पनि खुलेर आफ्ना कुरा राख्ने मानिसहरु भेट्याउन गाह्रो छ । जसरी गाँस, बास र कपासकोबारेमा मानिस छलफल गर्छ, तर उत्तिकै चाह र आवश्यकता महसुस गरिने सेक्सकाबारेमा भने कमै मात्रामा मानिसहरु छलफल गर्ने गर्छन् ।
मर्यादित र सम्मानजनक हुने यौनसम्बन्धले केही रोगलाई नियन्त्रण गर्नेदेखि लिएर अनेक स्वास्थ्यको दृष्टिकोणमा फाइदाजनक रहेको अनुसन्धानहरुले देखाएको छ । विशेषगरी बिहानीपख हुने यौन सम्बन्ध स्वास्थ्यका हिसाब उत्तम मानिएको छ । बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक अध्ययनले दाबी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ । उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुन्छन् ।
बिहानीपख हुने यौन सम्बन्धका फाइदा के के हुन् ?
१. नियमित रुपमा बिहान मात्रै यौन सम्पर्क राख्नाले रक्त संचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा कमी आउँछ ।
२. बिहान गरिने यौन सम्पर्कले टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने (माईग्रेन) रोग निको गर्नमा ठूलो मद्दत गर्छ ।
३. यौन सम्पर्क सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै ती जोडीलाई मधुमेह रोग लाग्ने खतरा हुँदैन ।
४. यौन प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौन प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्ट्रोजन तथा अर्को हार्मोनले अनुहारमा चमक तथा निखार ल्याउँछ ।
५. यौन सम्पर्कको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टेरोनले हड्डी तथा मांसपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग ओस्टियोपोरसिस लाग्ने सम्भावना न्युन हुन्छ ।
६. स्कुल अफ मेडिसियसनका सोधकर्ताहरुका अनुसार बिहान गरिने यौन सम्पर्कले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्युन रुपमा मात्र पर्छ । हप्तामा तीन पटक सम्म गरिने यौन सम्पर्कले शारीरिक र मानसिक स्फुर्ति बढाउने विज्ञहरुले बताएका छन् ।
प्रतिक्रिया