प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने

सारांश

  • काठमाडौँ , २१  साउन ।
  • योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागु भएपछि सरकारी कर्मचारीको पेन्सन प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले बढ्ने भएको छ ।
  • सरकारले संसदमा दर्ता गरेको ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रत्येक तीन वर्षमा पेन्सन १० प्रतिशकार दरले बढ्ने प्रस्ताव गरेको हो ।

काठमाडौँ , २१  साउन । योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागु भएपछि सरकारी कर्मचारीको पेन्सन प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले बढ्ने भएको छ । सरकारले संसदमा दर्ता गरेको ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रत्येक तीन वर्षमा पेन्सन १० प्रतिशकार दरले बढ्ने प्रस्ताव गरेको हो ।

विधेयकले कम्तिमा २० वर्ष सरकारी सेवा गरेको कर्मचारीलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने व्यवस्था गरेको छ । विधेयकको दफा १२ मा कर्मचारीले सेवा गरेको वर्षलाई आखिरी तलबले गुणान गरी ५० ले भाग गरी आउने भागफल बराबरको रकम पेन्सन स्वरुप उपलब्ध गराउने सूत्र अघि सारेको छ । यो सूत्र अनुसार कर्मचारीले पेन्सन पाउँदा प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले बढ्ने भएको हो । ऐन लागु भएपछि निवृत्तभरण नामको कोष स्थापना हुने र कोषमा प्रत्येक कर्मचारीको आआफ्नै खाता हुनेछ ।

२०७५ साल साउन १ गतेदेखि सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीको तलबबाट ६ प्रतिशत कट्टा गरी त्यसमा सरकारले त्यति नै रकम थप गरिदिने प्र्रस्ताव विधेयकमा गरिएको छ । बीस वर्ष सेवा गरी निवृत्तिभरण लिएपछि वा लिनुअघि नै सम्बन्धित कर्मचारीको निधन भएमा उसको पति वा पत्निले पचास प्रतिशत मात्र पेन्सन पाउने छन् । विधेयकमा २० वर्ष अवधि पूरा नगरी कुनै कर्मचारी सेवाबाट बाहिरिएमा निजको खातामा जम्मा भएको रकम, व्याज र मुनाफा एकमुष्ट पाउनेछ । यो प्रावधान २० वर्ष सेवा अवधि नपुगी मृत्यु भएका कर्मचारीको हकमा समेत लागु हुने विधेयकमा उल्लेख छ ।

त्यस्तै कुनै कर्मचारी भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी कुनै कसुरमा दोषी ठहरिएमा उसले आफ्नो तलबबाट ६ प्रतिशतका दरले कट्टा भई जम्मा भएको रकम र त्यसको ब्याज मात्र पाउनेछ । त्यस्ता कर्मचारीले सरकारले थपिदिएको ६ प्रतिशतका दरले जम्मा हुन आएको रकम, ब्याज र मुनाफा पाउने छैनन् । संसदमा शुक्रबार दर्ता भएको विधेयकले हाल पेन्सन पाइरहेका कर्मचारीले समेत त्यसै कोषबाट पेन्सन पाउनेछन् । त्यसका लागि सरकारले कोषलाई एकमुष्ट रकम दिने व्यवस्था गरिएको छ ।

कोषमा जम्मा भएको रकम विभिन्न आय मूलक क्षेत्रमा लगानी गर्न पाउने प्रावधान विधेयकमा गरिएको छ । कोषले लगानी गर्दा, ऋण लिँदा वा कुनै सम्पत्ति बेचबिखन गर्दा कर तिर्नु पर्दैन ।सरकारले राज्य कोषबाट एकमुस्ट पेन्सन दिँदा वर्ष व्ययभार बढेकाले योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्न लागेको हो । आर्थिक वर्ष २०७४/७५ मा ४२ अर्ब भएको पेन्सन चालू आर्थिक वर्षमा ४६ अर्ब २३ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरटहरा नभत्काउँदा काममा अवरोध
घरटहरा नभत्काउँदा काममा अवरोध
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
प्रधानमन्त्री ओलीबाट हा लोङ खाडी भ्रमण
प्रधानमन्त्री ओलीबाट हा लोङ खाडी भ्रमण
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि
सरकारलाई समर्थन गर्छौं : केसी
सरकारलाई समर्थन गर्छौं : केसी
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा

तपाईंले छुटाउनुभयो कि?