मासिक ५० हजारको बे–वास्ता गर्दै विदेशको लहडबाजी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
मासिक ५० हजारको बे–वास्ता गर्दै विदेशको लहडबाजी

सारांश

  • राजाराम कार्की काठमाडौँ, १३ माघ ।
  • कामदार (मजदूर) को अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ ।
  • यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, टिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ ।

राजाराम कार्की

काठमाडौँ, १३ माघ । कामदार (मजदूर) को अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ ।

यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, टिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ । ढुंगाखानी व्यवसाय सञ्चालन गर्दै आएका बालभक्त श्रेष्ठले ड्राइभर नभएका कारण टिपर बिक्री गरेको बताउाछन् । उनीसँग झण्डै ४५ वटा टिपर थिए । एक जना ड्राइभरलाई मासिक रु ५० हजारसम्म पारिश्रमिक दिने गरेको भए पनि उहाँको खानीमा टिपर चलाउन एकजना पनि ड्राइभर छैनन् ।

अदक्ष व्यक्तिलाई काम सिकायो, दक्ष बनायो, सिप सिक्छन् त्यसपछि काम छोडेर विदेश गइहाल्छन्, त्यसैले व्यवसायलाई धरापमा पार्नुभन्दा टिपर नै बिक्री गर्नु बालभक्तको रहर नभई बाध्यता हो । खलासीबाट ड्राइभर बन्ने चलन घट्दै गएपछि यातायात व्यवसायमा कामदारको अभाव देखिन थालेको हो ।

पहिले गाउँबाट कामको खोजीमा सहर छिर्ने युवा जमात अहिले कामको खोजीमा विदेश जाने भएकाले यहाँ खलासी बस्न रुचाउँदैनन् । खलासी काम खासै गाह्रो मानिँदैन । तर पनि पेशाको सम्मान नगर्ने बानीका कारण यहाँ यातायात मजदूरको अभाव बढ्दै गएको हो ।

उमेर नपुगेका बालबालिकालाई खलासी राख्न कानूनले दिँदैन । पढेलेखेका मानिस खलासीको जागिर खान मान्दैनन् । महिला कामदारले खलासी पेशा गर्न रुचाएको पाइँदैन । त्यसैले यातायात व्यवसाय धर्मसंकटमा पर्दै गएको छ ।

माध्यमिक शिक्षा पढ्न छोडेका विद्यार्थी र घरबाट भागेर कामको खोजीमा शहर छिरेका युवा यातायात क्षेत्रका कामदार हुन् । तर उनीहरु शहर नभई विदेश जान थालेपछि कामदार पाउन छोडेको यातायात व्यावसायी अर्जुन शाहीले बताए ।

उच्च माविका प्रधानाध्यापक रवि श्रेष्ठ विद्यालयमा रोजगार माग्न आउनेको संख्या पर्याप्त भएको र उनीहरुले थोरै पारिश्रमिकमा पनि काम गर्न स्वीकार गर्छन् तर पढेलेखेका व्यक्ति सिप सिकेर अन्य वैकल्पिक पेशा किन गर्दैनन् भनी प्रतिप्रश्न गर्छन् ।

बनेपाका कमल तामाङले डोजर चलाउने ड्राइभरलाई मासिक तलब रु ५० हजार र भत्ता रु एक एक हजार दिने गरेको भए पनि टिकेर काम गर्ने ड्राइभरको खाँचो रहेको बताउँछन् ।

एकतिर स्वदेशमा पेशालाई इज्जत नगर्ने, सिप सिक्न नचाहने, अदक्ष र अर्धदक्ष युवा विदेश जान रुचाउनुको मुख्य लहडबाजी र अर्काको देखासिकी प्रमुख कारण हो ।

सिप नसकेका युवा अर्काको देखासिकी र लहलहैमा स्वदेशको राम्रो काम छोडेर विदेश पुग्छन् । त्यहाँ राम्रो काम नपाएको, कम्पनीले दुःख दिएको आदि समाचार विभिन्न पत्रपत्रिकामा खबर नछापिएका भने पनि होइनन्, तर यसप्रति उनीहरुको खासै चासो भने छैन् ।

मेहनती एंव पेशालाई सम्मान र इज्जत गर्ने जो कोही युवा काम नपाएर भौतारिनु पर्दैन । बजार भएको पेशामा अल्छी नमानीकन काम गर्ने हो भने दुईछाक खान परदेशको जमिन टेक्नुनै पर्छ भन्ने बाध्यता छैन भन्छन्– अरनिको यातायात सेवा समितिका पूर्व अध्यक्ष रमेश वैद्य ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 वीरगञ्जमा गोली चल्याे !
 वीरगञ्जमा गोली चल्याे !
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
नेकपाभित्र पदीय भागवण्डा नमल्दिा एकता लम्बियो
नेकपाभित्र पदीय भागवण्डा नमल्दिा एकता लम्बियो
माओवादीले चुनाव नजिते उपलब्धि गुम्ने खतरा ः अध्यक्ष दाहाल
माओवादीले चुनाव नजिते उपलब्धि गुम्ने खतरा ः अध्यक्ष दाहाल
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
पेरिस ओलम्पिक: ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शिर्ष स्थानमा
पेरिस ओलम्पिक: ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शिर्ष स्थानमा
प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प
प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प
यसरी १५ हजारभन्दा बढि मतले  जित्दै छन प्रचन्डले चितवनमा चुनाब
यसरी १५ हजारभन्दा बढि मतले जित्दै छन प्रचन्डले चितवनमा चुनाब
१२ वर्षकै उमेरमा आमा बन्न लागेपछि प्रधानमन्त्रीकाे चासाे

तपाईंले छुटाउनुभयो कि?