मानिस सुतिरहेका थिए, शहर नै हल्लियो …

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२० पटक हेरिएको
Shares
मानिस सुतिरहेका थिए, शहर नै हल्लियो …

सारांश

  • ताइवानमा स्थानीय समय अनुसार मंगलबार राति ११ बजेर ५० मिनेटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण भत्केका घरमा फसेका लगभग सबैको उद्धार गरिएको सरकारी अधिकारीले बताएका छन् ।
  • ताइवानको हुआलिन शहरको तटीय क्षेत्र केन्द्रविन्दु भएर नेपाली समय अनुसार मंगलबार राति ९ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको भूकम्पका कारण कम्तिमा दुईजनाको ज्यान गएको र दुई सय भन्दा बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ ।
  • भूकम्पका कारण हुआलिन शहरका धेरै भवनमा क्षति पुगेको छ ।

ताइवानमा स्थानीय समय अनुसार मंगलबार राति ११ बजेर ५० मिनेटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण भत्केका घरमा फसेका लगभग सबैको उद्धार गरिएको सरकारी अधिकारीले बताएका छन् ।

ताइवानको हुआलिन शहरको तटीय क्षेत्र केन्द्रविन्दु भएर नेपाली समय अनुसार मंगलबार राति ९ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको भूकम्पका कारण कम्तिमा दुईजनाको ज्यान गएको र दुई सय भन्दा बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ । भूकम्पका कारण हुआलिन शहरका धेरै भवनमा क्षति पुगेको छ । हुआलिन चर्चित पर्यटकीय गन्तव्य हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा भूकम्पका कारण ठूलो क्षति भएको देखिएको छ । तटीय क्षेत्रमा रहेको एक होटलको भवनमा आंशिक क्षति पुगेको र त्यहाँ धेरै मानिस फसेको अनुमान छ । उनीहरुको उद्धारका लागि प्रयास अहिले पनि भइरहेको छ ।

राति अधिकांश मानिस सुतिरहेका बेला भूकम्पले हुआलिन शहरका धेरै भवन हल्लिएका हुन् । हुआलिन चर्चित पर्यटकीय गन्तव्य हुनुका साथै एक लाख मानिसको बसोबास क्षेत्र पनि हो ।

भूकम्पपछि लगातार गएको परकम्पका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । ८ सय भन्दा बढी मानिसलाई सार्वजनिक आवसमा लगिएको छ ।

तस्बिर : इपिए, एएफपी, गेट्टी इमेज र रोयटर्स

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?