पाकिस्तानी क्रिकेटमा हलचल,क्रिकेट प्रमुखले किन दिए राजीनामा?
सारांश
- काठमाडौं ९,भदौ।
- पाकिस्तानी क्रिकेटमा हलचल भएको छ,यसको मुख्य कारण पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा।
- पूर्वक्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएका हुन्।
काठमाडौं ९,भदौ। पाकिस्तानी क्रिकेटमा हलचल भएको छ,यसको मुख्य कारण पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा।
पूर्वक्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएका हुन्।पूर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाएका थिए।
सेथीलाई शरिफले पाकिस्तान क्रिकेट वोर्ड (पीसीबी) मा नियुक्त गरेका हुन्।सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राईडे टाइम्सका सम्पादकसमेत हुन्।
सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पूरा गर्न गाह्रो हुने देखिएकाले मैले क्रिकेट बोर्डबाट राजीनामा दिने निर्णय गरेको हुँ,’ सेथीले ट्विटरमार्फत सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख गरीएको छ।
प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पूर्वअध्यक्ष हसन मानीलाई नियुक्त गरिसकेका छन्।
सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो। त्यसलाई पाकिस्तानमा २० वर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पुर्याएको प्रतियोगिताका रुपमा लिइन्छ। टि २० टिममा अहिले पनि पाकिस्तान विश्वकै अग्रस्थानमा रहेको छ।
प्रतिक्रिया