भूकम्पको पाठ न जनताले सिके, न सरकारले

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
भूकम्पको पाठ न जनताले सिके, न सरकारले

सारांश

  • भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए ।
  • तर, ती निवेदन कहाँ छन् ?
  • काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेस भएका छन् र ?

भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए ।

तर, ती निवेदन कहाँ छन् ? काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेस भएका छन् र ?’

काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक उपकरण खरिद गर्ने भन्दै गृह मन्त्रालयमा प्रस्ताव पठाएको बताएका थिए ।

तर, गृहको विपत् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदार न्यौपानेले भने, ‘घर भत्काउने उपकरण चाहियो भनेर यहाँ प्रस्ताव पेस भएजस्तो लाग्दैन । भूकम्पसम्बन्धी सम्पूर्ण काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हेर्ने हो । त्यहाँ केही प्रस्ताव पेस भएको हुन सक्छ ?’

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले भने, ‘जोखिमयुक्त घर भत्काउन आधुनिक उपकरण हामीले माग गरेका हौँ । पछि त्यस्तै माग महानगरपालिकाले पनि गरेछ ।’

तर, अर्थ मन्त्रालयले कसैलाई पनि बजेट दिएन । योजना त्यत्तिकै थन्कियो ।

पुनर्निर्माणमा १ खर्ब १९ अर्ब खर्च, अझै १ खर्ब ६० अर्ब आवश्यक

१२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अझै १ खर्ब ६० अर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणमा अहिलेसम्म १ खर्ब १९ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । यसमध्ये ठूलो हिस्सा नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च भएको छ ।

पुनर्निर्माण सम्पन्न गर्न दाताले दिएको प्रतिबद्धता, सम्झौता तथा खर्च भइसकेको रकमबाहेक थप १ खर्ब ६० अर्ब आवश्यक पर्ने प्राधिकरणका सिइओ युवराज भुसालले बताए ।

‘आगामी असारमा प्राधिकरण गठन भएको साढे दुई वर्ष पुग्नेछ, प्राधिकरणले पनि त्यसवेलासम्म कम्तीमा आधा काम सम्पन्न गर्नेछ,’ उनले भने । पछिल्लो समय पुनर्निर्माणका लागि स्रोतको अभाव नभएको पनि दाबी गरे । ‘दाता सम्मेलन गरेर या कसरी हुन्छ, थप स्रोत जुटाउने जिम्मा नेपाल सरकारको हो,’ सिइओ भुसालको भनाइ छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
हमास र इजरायलबीच युद्धबिराम
हमास र इजरायलबीच युद्धबिराम
माघ १ गते आज यस्तो छ १२ राशिको दिनदशा र ग्रहगोचर
माघ १ गते आज यस्तो छ १२ राशिको दिनदशा र ग्रहगोचर
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
गैरआवासीय नेपाली चिकित्सकको सुझाव– बन्दाबन्दी कायम राखौँ
गैरआवासीय नेपाली चिकित्सकको सुझाव– बन्दाबन्दी कायम राखौँ
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
६८ प्रतिशत किशोरी छाउगोठमै
६८ प्रतिशत किशोरी छाउगोठमै

तपाईंले छुटाउनुभयो कि?