भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
सारांश
- काठमाण्डौ ।
- निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय उपयुक्त भएको बताएको छ ।
- काठमाडौमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.
काठमाण्डौ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय उपयुक्त भएको बताएको छ । काठमाडौमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय ठीक र कानूनसम्मत भएको बताए । तर उक्त विषय सर्वोच्चमा पुगिसकेकाले अव अदालतको फैसला अनुसारनै अघि बढ्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा निर्वाचन आयोग सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचलेको प्रमुख आयुक्त यादवले बताए । आयोग कानून भित्रै रहेर आफ्नै ढंगले चलेको उनको भनाई थियो । प्रमुख आयुक्त यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने प्रत्येक मतदान केन्द्रमा ज्येष्ठ नागरिक,अपांग र अशक्तलाई बिशेष प्राथमिकता दिन निर्देशन दिएको जानकारी दिए । राष्ट्रिय निर्वाचन पर्यवेक्षक नियोगका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सरकार निरकुंश बन्दै गएको आरोप लगाए । भरतपुर प्रकरणका बिषयमा निर्वाचन आयोग समेत निरिह देखिएको उनको आरोप थियो ।
प्रतिक्रिया