बझाङमा लगातार भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०८०
|
|
५२ पटक हेरिएको
Shares
बझाङमा लगातार भूकम्पको धक्का

सारांश

  • काठमाडौं ।
  • सूदुरपश्चिमको बझाङ जिल्ला केन्द्रविन्दु भएर हिजो मंगलवार दिउँसोबाट लगातार भूकम्प गइरहेको छ ।
  • मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

काठमाडौं । सूदुरपश्चिमको बझाङ जिल्ला केन्द्रविन्दु भएर हिजो मंगलवार दिउँसोबाट लगातार भूकम्प गइरहेको छ ।

मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा र ५ बजेर ३८ मिनेटमा पनि ५÷५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएका छन् र अन्य कतिपय घर भत्किएका छन् । सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एकघर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ । साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहेपछि त्रासित बनेका मानिसहरूले घरबाहिर निस्किएर खुला चौर, खेतमा बसेर रात कटाएका छन् ।

त्यस्तै, भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । गर्भवती, नवजात शिशु र अन्य बिरामीहरु पनि चिसोमा रातभरी बाहिर बसेका थिए । उनी डराएका कारण अस्पताल भित्र जान नमानेको र अवस्था एकदमै दयनिय रहेको जिल्ला अस्पतालले जनाएको छ ।

राती १२ बजेर १६ मिनेटमा ४. १ रेक्टर स्केल, १२ बजेर ५० मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै बिहान ४ बजेर २७ मिनेट जाँदा र ५ बजेर ४३ मिनेट जाँदा पनि ४. ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण घाइते हुनेको संख्या ११ जना पुगेको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको जानकारी दिएका छन् । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए । भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको र हाल घाइतेको अवस्था समान्य रहेको पाण्डेले जानकारी दिएका छन् ।

तयस्तै, जयपृथ्वी नगरपालिका ११ की महिला स्वंम सेविका गुनमति धामी पनि भूकम्पको पहिरोमा परेर बेपत्ता भएकी छिन् । उनी मंगलवार दिउँसो टिमुर टिप्न भन्दै लेकतिर गएको स्थानीयले बताएका छन् । प्रहरीको उद्धार टोलीले उनको खोजी कार्य गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुङ्गा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिए । उनले भने, “घाइतेको अवस्था समान्य छ, मानवीय थप क्षति भएको जानकारी आइसकेको छैन ।”

प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन पनि भत्किएको बताएका छन् । डोटीमा पनि केही घर चर्किएका छन् । त्यस्तै
धनगढीमा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
कहाँ कहाँबाट थपिए आजै ९ जना कोरोना संक्रमित ?
कहाँ कहाँबाट थपिए आजै ९ जना कोरोना संक्रमित ?
आफ्नै सन्तानको रगतले लेखिएको ‘नयाँ नेपाल’: जब राज्यले जेन-जी युवालाई  ‘शत्रु’ देख्यो
आफ्नै सन्तानको रगतले लेखिएको ‘नयाँ नेपाल’: जब राज्यले जेन-जी युवालाई ‘शत्रु’ देख्यो
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
एनआरएनको चुनाव अहिले १० देखि सुरु हुँदै
एनआरएनको चुनाव अहिले १० देखि सुरु हुँदै
कारागारमा शौचालयदेखि सुत्ने ठाउँसम्मको अभाव
कारागारमा शौचालयदेखि सुत्ने ठाउँसम्मको अभाव
सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ
सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ
हवाई आक्रमणमा ५४ जनाको मृत्यु !
हवाई आक्रमणमा ५४ जनाको मृत्यु !