रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन

सारांश

  • काठमाडौं, २ बैशाख ।
  • विश्वका कान्छा पत्रकारका रुपमा परिचित सुजन आचार्यले फेरि अर्को नयाँ कीर्तिमान राख्ने तयारीमा छन् ।
  • सुजनले डिसहोमको रमाइलो टेलिभिजनमा विश्व टेलिभिजन प्रसारणको इतिहासमा सबैभन्दा लामो टेलिभिजन म्याराथुन टक शो गरी विश्व कीर्तिमान कायम गर्ने प्रण गरेका हुन् ।

काठमाडौं, २ बैशाख । विश्वका कान्छा पत्रकारका रुपमा परिचित सुजन आचार्यले फेरि अर्को नयाँ कीर्तिमान राख्ने तयारीमा छन् । सुजनले डिसहोमको रमाइलो टेलिभिजनमा विश्व टेलिभिजन प्रसारणको इतिहासमा सबैभन्दा लामो टेलिभिजन म्याराथुन टक शो गरी विश्व कीर्तिमान कायम गर्ने प्रण गरेका हुन् ।

रमाइलो टेलिभिजनमा निरन्तर प्रत्यक्ष प्रसारणमार्फत यो कार्यक्रम सम्पन्न गरिने भएको छ । रमाइलो टेलिभिजनले सुजन आचार्यको यो सफलता सबै नेपालीहरुको र नेपालको सफलता हुने बताएको छ । सगरमाथाको देश, बुद्ध जन्मिएको तपोभूमि, सीता र भृकटीको देश नेपालको नाम संसारमा रोशन गराउने सुजनको प्रयासलाई हामी सबैको अमूल्य सहयोगको खाँचो रहेको टेलिभिजनले जनाएको छ ।

विश्वका कान्छा पत्रकार सुजनले २०७५ बैशाख २९ गते बिहान ८ बजेदेखि टक शो शुरु गर्ने बताइएको छ । डिसहोमको रमाइलो टेलिभिजन, नयाँ बानेश्वरबाट यो टक शो प्रसारण हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?