पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण

सारांश

  • काठमाडौं।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुर्व राजा ज्ञानेन्द्र शाहलाई नभेटेको बताएका छन् ।
  • माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको खण्डन गरेका हुन् ।

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुर्व राजा ज्ञानेन्द्र शाहलाई नभेटेको बताएका छन् ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको खण्डन गरेका हुन् ।

प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्दै पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए ।

उनले भने- ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?