३३ किलो सुन प्रकरणमा मुछिएका थाइ एयरवेजका कर्मचारी निष्कासित !
सारांश
- काठमाडाैँ, १६ असाेज ।
- ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थाइ एयरवेजका सात कर्मचारीलाई कम्पनीले निष्कासित गरेकाे छ ।
- असोज ५ बाट लागू हुने गरी उनीहरूलाई सेवाबाट हटाइएको थाइ एयरवेजले जनाएको हाे ।
काठमाडाैँ, १६ असाेज । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थाइ एयरवेजका सात कर्मचारीलाई कम्पनीले निष्कासित गरेकाे छ । असोज ५ बाट लागू हुने गरी उनीहरूलाई सेवाबाट हटाइएको थाइ एयरवेजले जनाएको हाे । थाइ एयरवेजका हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लाल बहादुर मगर र कपिल राज पुरी निष्कासित भएका हुन् ।
उनीहरू सबै जना मोरङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्। एयरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐन अनुसार अवकास दिइएको कम्पनीले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया