बामदेव गौतमाको सांसद बन्ने सपना चकनाचुर
सारांश
- नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसदबाट पदबाट राजिनामा दिन नपर्ने निर्णय गर्यो ।
- तर यो निर्णयसँगै उपनिर्वाचनमार्फत संसद छिर्ने प्रयासमा रहेका बामदेव गौतमको सांसद बन्ने सपना भने चकनाचुर भएको छ ।
- काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सांसद मानन्धरले नेता बामदेव गौतमलाई उपनिर्वाचन गराई प्रतिनिधिसभामा ल्याउन आवश्यक परेमा आफु राजिनामा दिन तयार रहेको जनाउँदै अनुमतिका लागि पार्टी नेत्तृत्वमा पत्र लेखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसदबाट पदबाट राजिनामा दिन नपर्ने निर्णय गर्यो । तर यो निर्णयसँगै उपनिर्वाचनमार्फत संसद छिर्ने प्रयासमा रहेका बामदेव गौतमको सांसद बन्ने सपना भने चकनाचुर भएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सांसद मानन्धरले नेता बामदेव गौतमलाई उपनिर्वाचन गराई प्रतिनिधिसभामा ल्याउन आवश्यक परेमा आफु राजिनामा दिन तयार रहेको जनाउँदै अनुमतिका लागि पार्टी नेत्तृत्वमा पत्र लेखेका थिए । तर यो प्रसंगले चौतर्फी आलोचना व्यहोरेको थियो । पार्टीभित्रै र जनस्तरबाटै चर्को बिरोध भएका कारणले आइतबार बसेको सचिवालय बैठकले हाललाई राजिनामा दिनु नपर्ने निर्णय सुनाएसँगै यो बहस अहिलेलाई औपचारिक रुपमै अन्त्य भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मानन्धरले संसद सदस्यबाट राजिनामा दिने अनुमति बारे कुनै निर्णय गर्नु नपर्ने निर्णय गरेको जानकारी सञ्चारकर्मीलाई दिएका छन् ।
निर्वाचित सांसदको कार्यकालको एक वर्ष भित्रै उपनिर्वाचन गराई बाहिरका नेता ल्याई प्रतिष्पर्धा गराउँदा पराजित हुन सक्ने सम्भावनालाई समेत ध्यानमा राख्दै नेकपा गौतमलाई उपनिर्वाचनमा नपठाउने निर्णयमा पुगेको हो ।
प्रतिक्रिया