‘मायाको माया’ मा अनुपविक्रम र आनाको रोमान्स

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
‘मायाको माया’ मा अनुपविक्रम र आनाको रोमान्स

सारांश

  • अनुपविक्रम शाही र आना शर्माको रोमान्समा फिल्म ‘मायाको माया’ बन्ने भएको छ ।
  • रोहित करण वैद्यको निर्देशन रहने फिल्मको केही दिनअघि कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो ।
  • फिल्मको मुहूर्तको जानकारी अभिनेता अनुपविक्रमले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

अनुपविक्रम शाही र आना शर्माको रोमान्समा फिल्म ‘मायाको माया’ बन्ने भएको छ । रोहित करण वैद्यको निर्देशन रहने फिल्मको केही दिनअघि कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो । फिल्मको मुहूर्तको जानकारी अभिनेता अनुपविक्रमले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

फिल्ममा अहिले अभिनेता राजेश हमाल पनि जोडिएका छन् । फिल्मका लागि हमालसँग निर्माण युनिटले हालै सम्झौता गरेको बताइन्छ । थोरै कलाकार राखेर काम गर्न लागेको फिल्म अंग्रेजी भाषामा बन्ने चर्चा छ । निर्माण टिमले पहिले राजेश हमालले गरेको भूमिकाका लागि सौगात मल्ललाई पनि प्रस्ताव गरेको थियो । तर सौगात मल्लसँग पारिश्रमिक कुरा नमिलेपछि हमाल भित्रिएका हुन् । फिल्ममा हमालको भुमिका के भने अहिले गोप्य राखिएको छ ।

फिल्मको केही दिनमा सम्पूर्ण कलाकार र प्राविधिक जानकारी गराइने निर्माण युनिटको योजना रहेको फिल्मका एक सदस्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?