ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०८२
|
|
३० पटक हेरिएको
Shares
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

सारांश

  • काठमाडौं।
  • पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्धको जाहेरी आज प्रहरीमै फिर्ता पठाइएको जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले जानकारी गराएको छ।
  • गत भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाडौँमै फिर्ता गरिएको जानकारी दिए।

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्धको जाहेरी आज प्रहरीमै फिर्ता पठाइएको जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले जानकारी गराएको छ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाडौँमै फिर्ता गरिएको जानकारी दिए। यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको उक्त जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो।

आज आयोगले एक विज्ञप्ति जारी गरी फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र नपरेको जनाएको छ।

आयोगलाई उक्त घटनाको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझाव दिनेसहितको प्रतिवेदन पेस गर्ने र भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने तथा कारबाहीसम्बन्धमा आवश्यक रायदिने कार्यादेश आयोगले पाएको जारी विज्ञप्तिमा उल्लेख छ। आयोगले फौजदारी वारदातमा अनुसन्धान कार्य गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    100 USDT

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?