संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संघीयतालाई कलिलैमा टेको खुस्काउने प्रयास भैरहेको बताएका छन् ।
  • कलिलै प्रणालीका रुपमा रहेकोले यसको सवलीकरणमा सबैले मेहनत गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संघीयतालाई कलिलैमा टेको खुस्काउने प्रयास भैरहेको बताएका छन् । कलिलै प्रणालीका रुपमा रहेकोले यसको सवलीकरणमा सबैले मेहनत गर्नुपर्नेमा जोड दिए ।

संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाधक्ष्य र सातै प्रदेशका सभामुख, उपसभामुखसँग बालुवाटारमा बोल्दै प्रधानमन्त्री ओलीले संघीयताको टेको खुस्काउने प्रयास भएको बताए ।

“कुनै पनि भौतिक संरचना निर्माण गरेर ढलान मजवुद हुन कम्तीमा तीन हप्ताको समय चाहिन्छ । यस समयमा टेकोको साहारा लिनुपर्छ” प्रधानमन्त्री ओलीले भने, “कलिलो अवस्थाको संघीयताको टेको खुस्काउन अहिलेदेखि प्रयास भएका छन् । यस्ता प्रयासलाई परास्त गर्नुपर्दछ ।”

स्थानीय तहले लगाएको करको बिषयमा अनेक खालका अनर्गल प्रचार आएको प्रधानमन्त्री ओलीको भनाइ छ । “करका बिषयमा हाम्रा जनप्रतिनिधिलाई धेरै जानकारी नभएको हुनसक्छ । हामीले कर बुझेको कर्मचारी स्थानीय तहमा पु-याउन सकेनौ” प्रधानमन्त्री ओलीले भने, “कतिपयले हुँदै नभएको करको बिषयमा हुँदै नभएको कुरा उछालेर पनि समस्या सृजना गरेका छन् ।”

प्रदेशका सभामुख र उपसभामुखले प्रदेश संसदले कर्मचारी अभावको समस्या,गाडीको असुविधा, भौतिक संरचना अभावले विभिन्न समस्या व्योहोर्नु परेको गुनासो गरे । यसैगरी अहिलेको मर्यादाक्रम सच्याउनुपर्ने माग राखे । माग पूरा गर्न र प्रदेशलाई सवलीकरण गर्न संघीय सरकार सकारात्मक रहेको प्रधानमन्त्रीले बताए ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?