बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
सारांश
- काठमाडौं ।
- गत आइतबार एक अनलाइन समाचार पोर्टलले ‘बुर्तिवाङ अस्पतालमा अल्ट्रासाउण्ड गर्दा मृगौलामा ढुङ्गा देखिने पोखरा÷काठमाडौँमा गर्दा नदेखिने किन ?
- ’ भन्ने शीर्षकमा छापिएको तथ्य र आधारहीन समाचारप्रति सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं । गत आइतबार एक अनलाइन समाचार पोर्टलले ‘बुर्तिवाङ अस्पतालमा अल्ट्रासाउण्ड गर्दा मृगौलामा ढुङ्गा देखिने पोखरा÷काठमाडौँमा गर्दा नदेखिने किन ?’ भन्ने शीर्षकमा छापिएको तथ्य र आधारहीन समाचारप्रति सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण भएको छ । साथै यस आधारहिन समाचारप्रति अस्पतालको कडा आपत्ति रहेको छ । उक्त समाचारमा बुर्तिवाङस्थित सामुदायिक रेडियो परिवर्तनका अध्यक्ष एवं पत्रकार ३४ वर्षीय लोकेन्द्र निरासीलाई समाचारको मुख्य पात्र बनाइको छ ।
पत्रकार निरासीले बुर्तिवाङ उत्तरगंगा अस्पताल प्रा.लि. मा चरम पेट दुखेको कारण पहिलो पटक २०७४ असार १ गते अल्ट्रासाउण्ड गरेका थिए । अस्पतालका विशेषज्ञ डाक्टर अशोकचन्द्र श्रेष्ठको परिक्षण रिपोर्ट अनुसार निरासीको दाहिने मृगौलामा ४ एमएम र ३ एमएमका र देब्रे मृगौलामा ३ एमएम र २ एमएमका दुई टुक्रा ढुंगा (बालुवाको कण) देखिएको थियो र सोहि अनुसार निरासीलाई औषधी लेखि सेवन गर्न सल्लाह दियो । दुखाइ कम नभएपछि साउन २२ गते पछि निरासी दोस्रो पटक नजिकैको बुर्तिवाङ स्वास्थ्य केन्द्रमा डाक्टर सुनिल कुमार जयसवालसँग भिडियो एक्सरे गर्न पुगे ।
डाक्टर सुनिल कुमार जयसवालको परिक्षण रिपोर्टमा दुवै मृगौलामा दुई नभई एक/एक ढुंगा (बालुवाको कण) भएको र त्यसको साईज दाहिनेको ५ एमएम र देब्रेको ६ एमएम देखायो । निरासीले तेस्रो पटक २०७४ साउन २९ गते पोखराको फेवा सिटि इमेजिंग प्रा.लि.मा मिर्गौला र पिसाब लगतै भोलिपल्ट २०७४ साउन ३० गते पोखराको फेवा सिटि हस्पिटल प्रा.लि.मा अल्ट्रासाउण्ड परिक्षण गरे र रिपोर्टमा ढुंगा (बालुवाको कण) नदेखिएको थियो ।
यसै बिषयलाई बढाईचढाई गरि जनमानसमा नकारात्मक सन्देश जाओस् भनि आग्रही र पूर्वाग्राही राखेर ग्रामिण क्षेत्रमा आफ्नै निजि लगानीले बुर्तिवाङ उत्तरगंगा अस्पताल प्रा.लि. सञ्चालन गरि जनस्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको समाजसेवी तथा उक्त अस्पतालको संचालक दिपेन्द्र श्रेष्ठको व्यक्तिगत, सामाजिक र व्यवसायिक छवि बिगार्ने नियतिले उक्त समाचार प्रकाशित भएको खुल्न आएको छ । समाजसेवी श्रेष्ठले बाग्लुङको बुतिबाङ जस्तो विकट क्षेत्रमा ग्रामिण स्वास्थ्य सेवा गरे बापत केहि महिनाअघि ढोरपाटन स्पोर्ट क्लबले काठमाडौँमा आयोजना गरेको प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिता उद्घाटनको अवसरमा तत्कालिन रक्षामन्त्री बाल कृष्ण खाडबाट सम्मानित समेत भएका थिए ।
यो बिषयमा खास को दोषी हो ? भनि मोबाइल सम्पर्कबाट जिज्ञासा राख्दा पोखराको फेवा सिटि हस्पिटल प्रा.लि.को रेडियोलोजिस्ट डा. आनन्द श्रेष्ठ भन्छन्, ‘यस्तो तथ्यहिन र आधारहिन समाचारमा कोहि कसैले विश्वास नगर्न आग्रह गर्दछु । यसले अस्पताल व्यवस्थापन र डाक्टरी पेशा जस्तो संवेदनशिलता र हाम्रो विश्वसनीयतामा शंका उब्जाएको छ ।
पत्रकार निरासीको बिषयमा बुर्तिबाङमा पहिलो पटक २०७४ असार १ गते र दोस्रो पटक साउन २२ गते पछि परिक्षणमा देखेको ढुंगा (बालुवाको कण) मैले तेस्रो पटक २०७४ साउन ३० गते अर्थात् झन्डै २ महिना पश्चात पोखरामा परिक्षण गर्दा नदेख्न सक्छ, किन भने मृगौलामा भएको ढुंगा (बालुवाको कण) निश्चित समयपछि औषधी सेवनको प्रभावको कारण विस्तारै फुटेर पिसाबसँगै बग्न सक्छ । यस्तो केस स्वास्थ्य क्षेत्रमा अनगिन्ति छन् र यसलाइ मिडियामा नकारात्मक प्रचारवाजी गर्नु भनेको विल्कुल गैर जिम्मेवारीपन हो ।’
प्रतिक्रिया