सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
सारांश
- अष्ट्रलियामा नर्सिङ अध्ययन गर्न गएका १ हजार भन्दा बढि नेपाली विद्यार्थी विचल्लीमा परेका छन् ।
- उनीहरु अध्ययन गर्न गएको कलेज दर्ता नै नगरी सञ्चालन भएको र कलेज बन्द गर्ने सूचना आएपछि ती विद्यार्थी विचल्लीमा परेका हुन् ।
- न्यूज २४ टेलिभिजनमा प्रशारित कार्यक्रम सिधा कुरा जनतासँगमा बोल्दै नेपाली विद्यार्थीले कन्सलटेन्सीले दिएको गलत सूचनाका कारण आफुहरु पीडित बनेको खुलासा गरेका हुन् ।
अष्ट्रलियामा नर्सिङ अध्ययन गर्न गएका १ हजार भन्दा बढि नेपाली विद्यार्थी विचल्लीमा परेका छन् । उनीहरु अध्ययन गर्न गएको कलेज दर्ता नै नगरी सञ्चालन भएको र कलेज बन्द गर्ने सूचना आएपछि ती विद्यार्थी विचल्लीमा परेका हुन् । न्यूज २४ टेलिभिजनमा प्रशारित कार्यक्रम सिधा कुरा जनतासँगमा बोल्दै नेपाली विद्यार्थीले कन्सलटेन्सीले दिएको गलत सूचनाका कारण आफुहरु पीडित बनेको खुलासा गरेका हुन् ।
अष्ट्रेलियाको सिड्नीमा रहेको अष्ट्रेलिया इन्स्टिच्यूट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) नर्सिङ अध्ययनका लागि नेपालका विभिन्न कन्सलटेन्सीमार्फत् ती विद्यार्थीहरु त्यहाँ पुगेका थिए । कन्सल्टेन्सीले उनीहरुलाई २ वर्ष डिप्लोमा र एडभान्स डिप्लोपा अध्ययन गरेपछि स्नातकका लागी २ वर्ष अध्ययन र एक वर्ष क्रेडिट पाउने बताएको थियो । तर नेपाली विद्यार्थीले अध्ययन गर्न थालेको डेढ वर्षमै एआइटीको दर्ता प्रक्रिया नै रद्द भएको सूचना पाए ।
ती विद्यार्थीहरु नेपालमा रहेका विभिन्न कन्सलटेन्सीमार्फत त्यहाँ नर्सिङ अध्ययन गर्न गएका हुन् । भिडियो कन्फ्रेन्समा बोल्दै उनीहरुले एक्सपर्ट, अल्फाबिटा, कंगारु, वेभ, प्रमिज सर्भिस, सनराइज, काठमाडौँ इन्फोसिस, मर्सी एडुकेसन, एबिसी माइग्रेसन एण्ड एडुकेसन लगायतका कन्सलेन्सीमार्फत् आफुहरु एआइबिटीमा अध्ययन गर्न आएको बताए ।
कन्सलटेन्सीले आफुहरुलाई गलत सूचना दिई झुक्याएको उनीहरुको आरोप छ । कन्सलटेन्सीमा सम्पर्क गर्दा उनीहरु सम्पर्कमै नआउने र आइहाले पनि जानु अघि नै किन नबुझेको भनेर उल्टै आफुहरुलाई नै आरोप लगाउने गरेको विद्यार्थी बताउँछन् ।
कलेज रद्द भएको सूचना पाए सँगै नर्सिङ १ हजारभन्दा बढी विद्यार्थीको करौडौ रकमसँगै भविष्य समेत अन्धकारमा परेको छ । अर्को कलेजमा अध्ययनका लागि जान एआइटीले रिलिज लेटर पनि नलिने र अन्य कलेजहरुले कन्फर्मेसन अफ इनरोलमेन्ट (सिओई) नदिने सम्भावना र तुरुन्तै पैसा समेत नभएका कारण पनि उनीहरु थप संकटमा परेका छन् । यता अधिकांसको भिसाको समय पनि सकिन लागेको छ । अधिकांस विद्यार्थीको भिसाको समय १ देखि डेढ महिना मात्रै रहेको छ ।
प्रतिक्रिया