ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!

सारांश

  • काठमाडौं, ६ जेठ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेताहरुको व्यवस्थापन गर्नकै लागि अब सचिवालयको सदस्य नबढाउने स्पष्ट पारेका छन् ।
  • उनले भोलिसम्ममा पार्टीको स्थायी कमिटि सदस्य र केन्द्रिय सदस्यहरुको टुँगो लगाईसक्ने बताए ।
काठमाडौं, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेताहरुको व्यवस्थापन गर्नकै लागि अब सचिवालयको सदस्य नबढाउने स्पष्ट पारेका छन् ।
उनले भोलिसम्ममा पार्टीको स्थायी कमिटि सदस्य र केन्द्रिय सदस्यहरुको टुँगो लगाईसक्ने बताए । साथै उनले आगामी पाँच वर्षसम्म केपी ओली प्रधानमन्त्री भइरहने समेत बताए ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘हामीले केन्द्रिय सदस्यहरु टुँगो लगाईसकेका छौं, खाली सेटिङ्मा राख्नमात्रै बाँकी छ, स्थायी समिति सदस्यहरुपनि हामीले लगभग टुँगो लगाएका छौं, भोलिसम्म केन्द्रिय सदस्य र स्थायी सदस्यहरुको टुँगो लाग्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले एमाले–माओवादी एकतापछि बनेको नेकपाको वर्तमान सचिवालय सदस्य संख्या नै काफी रहेको जिकिर गरे । उनले भने,‘सचिवालय सदस्य ९ जना नै काफी छ, अब संख्यामा तलमाथि हुँदैन, त्यो संख्या बढाउन आवश्यक छैन्।’ आफूलाई सचिवालयमा परेको वा नपरेको भन्नेमा कुनै चिन्ता समेत नरहेको उनको स्पष्टोक्ति थियो । तपाई त सचिवालयमा पर्नुभएन नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता शर्माले भने,‘म पदमा छु, म नेकपाको केन्द्रिय सदस्य हुँ, मलाई कुनै पद नै आवश्कत्ता छैन्। म होस् वा नहोस् यो ठूलो कुरा होईन, पद ठूलो कुरा होईन, काम ठूलो हो, काम गर्दा परिणाम आउनुपर्यो।’ शर्माले ठूला–ठूला आविष्कार गर्ने वैज्ञानिकको पनि पद नभएको उदाहरण दिँदै भने,‘त्यसैले पदको चिन्ता छैन्, बरु कामको चिन्ता छ, देशबाट गरिबी हटाउने हो, समृद्ध मुलकु बनाउने हो, यो कुरा ठूलो हो।’
नेता शर्माले पार्टीमा नेता थुपार्न र पद वितरण गर्नलाई पार्टी एकता नभएको स्पष्ट पारे । उनले भने,‘मुलुकको समृद्धि र आर्थिक रुपान्तरणका लागि एकता भएको हो, त्यसको अनुभूति जनताले चाँडै गर्न पाउँछन्, हाम्रो ध्यान त्यसमै केन्द्रित छ ।’ उनले अघि थपे,‘जनताको एजेण्डा नै दुई दलको एकता थियो, त्यो जनतमतको सम्बोधन हामीले गरेका हौं ।’
उनले पुराना संस्कार, संस्कृति, प्रबृत्ति र मान्यताको अन्त्य नगर्दासम्म समृद्धिको बाटो तय हुन नसक्ने समेत धारणा व्यक्त गरे । नेता शर्माले भने,‘अब हाम्रो यो सरकारले शिक्षा, स्वास्थ्य लगायतका तमाम क्षेत्रमा रहेका सबैखाले फोहोर सोर्ने काम गर्छ, सबै खाल विकृति तथा विसंगतिहरुको हामी अन्त्य गर्छौं ।’  उनले पुरानो फोहर नसोहर्दासम्म नयाँ कामको शुरुवात गर्न नसकिने बताउँदै भने,‘वर्तमान सरकारले आफ्नो काम हो, यहीँबाट शुरु गर्छ, अब कर्मचारीले मन्त्री घुमाउने, नेता घुमाउने कामको अन्त्य हुन्छ, अब मन्त्रीको निर्देशनअनुसार कर्मचारीले काम गर्नुपर्छ ।’
उनका अनुसार अब वर्तमान सरकारले हरेक महिना, तीन÷तीन महिना, छ÷छ महिना र एक वर्षको कामको नियमित मूल्याङकन गर्नेछ । उनले भने,‘अब पनि परम्परागत रुपले मुलुकको समृद्धि सम्भव हुँदैन, यसको लागि हामीले कामको बृहत्त मुल्यांकन गर्न जरुरी छ।’
नेता शर्माले अब आउने नयाँ बजेट नै समृद्धिको जग हाल्ने र प्रारम्भ हुने समेत ठोकुवा गरे । उनले भने,‘अब आउने नयाँ बजेटमै मुलुकको समृद्धिको स्पष्ट संकेत आउँछ, सरकार गृहकार्यमा जुटिसकेको छ।’ मुलुकमा समृद्धि हाँसिल गर्न र संविधानले देखाएको बाटो हिँड्नको लागि पनि आफूहरुबीच एकता भएको उनले स्पष्ट पारे । उनले जनताको सहभागिताअनुसार काम गरेमात्र समृद्धि हाँसिल हुने बताउँदै त्यसको लागि काममा सबैको सहभागिता अर्थात योगदान हुनुपर्ने बताए । उनले भने,‘नेताले भाषण गरेर वा उनीहरुले गरेको प्रतिवद्धताले मात्र मुलुकको समृद्धि कायम हुँदैन्, समृद्धि हाँसिल गर्नको लागि आम जनता यो समृद्धिको अभियानमा सहभागी हुनुपर्छ ।’
नेता शर्माले पार्टीमा नेता तथा कार्यकर्ताहरुको क्षमता, योग्यता र दक्षता हेरेर काम गर्ने वातावरण बनाउने र पदीय जिम्मेवारी दिईने पनि विश्वास दिलाए । आगामी ५ वर्षसम्म वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने पनि उनले जनाए । उनले भने,‘अबको ५ वर्षसम्म ओली नै प्रधानमन्त्री हो, त्यसमा तलमाथि हुँदैन् ।’ शर्माले एकता महाधिवेशनमा वर्तमान अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै उठे दुईजनामध्ये एकजना अध्यक्ष हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
इराक र इरानमा भूकम्प : ज्यान गुमाउनेको संख्या २०० नाघ्यो
इराक र इरानमा भूकम्प : ज्यान गुमाउनेको संख्या २०० नाघ्यो
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने
कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने
पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण
पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण
ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु
ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु
जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार
जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन
नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !

तपाईंले छुटाउनुभयो कि?