रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते

सारांश

  • काठमाडौँ,२५ पुस ।
  • दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
  • दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल सेवा दिइरहेका दुई ओटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको बताइएको छ ।

काठमाडौँ,२५ पुस । दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल सेवा दिइरहेका दुई ओटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको बताइएको छ । दुबै रेल राज्यद्धारा सञ्चालित रहेको बताइएको छ ।

दुबै रेल एउटै लाइनमा यात्रा गरिरहेका थिए । प्रेटोरियाबाट मबोपानेतर्फ गहिरेको पहाडी इलाकामा पर्ने रेलवे स्टेशन प्रेटोरियामा सो दुर्घटना भएको थियो ।यी दुबै रेलमा करिब ८०० व्यक्ति यात्रा गरिहेका र तीमध्ये दुर्घटनामा परी तीनको मृत्यु हुनुका साथै अन्य ६२० घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?